धरानका मेयर राईले साम्प्रदायिक हिंसा भड्काउन खोजे : एमाले नेतृ भण्डारी

धरान १९ साउन । नेकपा एमाले नेतृ मञ्जु भण्डारीले साम्प्रदायिक हिंसा भड्काउने सामग्री उत्पादन गरि सुनसरीको धरानका प्रमुख हर्कराज राईले सामाजिक सञ्जालमा पोष्ट गरेको घटनाप्रति गंभिर ध्यानाकर्षण भएको बताएकी छिन् । धरानको सामाजिक सद्भाव खलल पुग्ने गरि जातिय द्वन्द्व निम्त्याउने किसिमको विषयबस्तु राखि सामाजिक सञ्जाल फेसबुकमा फेक आइडि जेनेरेट गरि जातीय र साम्प्रदायिक हिंसा भड्काउने […]

सप्तकोसी बाढी पीडितलाई प्रदेश सरकारले पठायो राहत

विराटनगर, १९ साउन । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले […]

प्रदेश १ मा ७३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण भएको छ । १६३ जनाको पीसीआर परीक्षण गर्दा ३९ र ४९४ जनाको एन्टिजेन परुीक्षण गर्दा ३४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४, मोरङमा १३, सुनसरीमा ९ र प्रदेश १ बाहिरका ३ जनामा […]

विराटनगरबाट शुरु भयो सवारी चालक लाइसेन्सको ट्रायल

विराटनगर, १६ साउन । विराटनगरबाट सवारी चालक लाइसेन्सको ट्रायल शुरु भएको छ । विराटनगरस्थित ट्रायल सेन्टरको सोमबार प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्नुभएको थियो । उहाँले ट्रायल सेन्टरको उद्घाटन गर्दै सर्वसाधारणको सुविधाका लागि प्रदेश सरकारले विराटनगरबाट पनि सेवा शुरु गरेको बताउनुभयो । लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा विराटनगरबाट दिने व्यवस्था मिलाइएको यातायात व्यवस्था तथ […]

महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवमा प्राध्यापक र कर्मचारी पुरस्कृत

विराटनगर १६ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् । कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा […]