वी डिभिजन क्रिकेटमा वीसीसीलाई उपाधि

विराटनगर २४ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (वीसीसी) च्याम्पियन बनेको छ । वीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा […]

नवोदित गायक अनुरुपको एकल गायन प्रस्तुति

विराटनगर २४ माघ । स्वर संगम संगीतालय विराटनगरको ४९ औं श्रृंखलामा आज नवोदित गायक अनुरुप न्यौपानेको एकल गायन प्रस्तुति गरिएको छ । न्यौपानेको १९ औं जन्मदिनको अवसर पारेर एकल गायन प्रस्तुति गरिएको हो । नवोदित गायक न्यौपानेले ‘जहाँ छन् बुद्वका आँखा..’, ‘एउटा मान्छेको मायाले..’, ‘लोलाएका ती..’, ‘गल्ती हजार हुन्छन्..’ र ‘यस्तो पनि हुदो रैछ..बोलका गीतहरु […]

भ्रष्टाचार नियन्त्रण र सुशासन कायमबाट समृद्धि आउने : राप्रपा नेपाल अध्यक्ष थापा

विराटनगर २३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि सुशासन कायम गरेमा समृद्धि आउने बताउनु भएको छ । आज विराटनगरमा राप्रपा नेपाल मोरङद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राख्नु भयो । अध्यक्ष थापाले हिन्दु राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ […]

शिक्षादीप डान्स एण्ड सिंगिङ आईडलमा १२ विद्यार्थी छनौट

विराटनगर २३ माघ । विराटनगरको शिक्षादीप माविले आयोजना गरेको ‘शिक्षादीप डान्स एण्ड सिंगिङ आईडल’मा १२ जना विद्यार्थी छनौट भएका छन् । आज भएको सेमीफाईनल राउण्डबाट जुनियर तर्फ ६ र सिनियर तर्फ ६ जना विद्यार्थी छनौट भएको विद्यालयका नृत्य प्रशिक्षक दीपेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार छनौट भएका जुनियर तर्फ रितिका भट्टराई, सुहानिका पौडेल, सिवानी […]

वी डिभिजन क्रिकेट : वीसीसी र ग्रामथान फाइनलमा प्रवेश

विराटनगर २३ माघ । मोरङ जिल्ला स्तरिय वी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा विराटनगर क्रिकेट क्लब (विसीसी)र ग्रामथान क्रिकेट क्लव विजयी भई फाइनलमा प्रवेश गरेका छन् । फाइनलमा प्रवेश गरेसँगै दुवै टिम ए डिभिजनमा प्रवेश गरेको छ । पहिलो खेलमा वीसीसीले मिल्स क्रिकेट क्लवलाई ८ विकेटले पराजित गरि फाइनलमा प्रवेश […]