एमाले उर्लाबारीद्वारा समवेदना व्यक्तगर्दै धान राेपाइँ

विराटनगर २६ असार । नेकपा एमाले उर्लाबारी नगर किमिटीले आज उर्लाबारी १ झारसाँदीमा धान राेपाइँ गरेकाे छ ।

पार्टी सदस्य देवप्रसाद चम्लागाँईकाे केहीदिन अघि असामयिक निधन भएपछि उहाँकाे एक विगाहा जमिनमा एमाले नगर इन्चार्ज तथा काेशी प्रदेशसभा सदस्य उमाकान्त गाैतम, उर्लाबारी नगरपालिका उपप्रमुख मिना खतिवडा ,एमाले नगर कमिटी अध्यक्ष गंगा बाँस्तोला, उर्लाबारी १ का वडा अध्यक्ष तिलक पाण्डे लगायत पार्टी नेता, कार्यकर्ताकाे उपस्थितिमा धान राेपाइँ गरिएकाे हाे ।

चम्लागाँईकाे निधनमा समवेदना व्यक्त गरि सामुहिक रूपमा धान राेपाइँ गरिएको प्रदेश कमिटी सदस्य ज्याेति चाैहानले जानकारी दिनुभयाे । उहाँका अनुशार धान राेपाइँमा ६ दर्जन नेता कार्यकर्ता सहभागी थिए ।