नृत्योपासनाको बार्षिक परीक्षा सम्पन्न

विराटनगर १० जेठ । विराटनगर शनिहाटमा सञ्चालित नृत्य प्रशिक्षण विद्यालय (नृत्योपासनाले) विद्यार्थीहरूको वार्षिक मूल्याङ्कन सम्पन्न गरेको छ।

विद्यालयले मूल्याङ्कन पश्चात उनीहरुलाई प्रमाणपत्र समेत वितरण गरेको छ।

बिहिबार र शुक्रबार दुई दिन सञ्चालन भएको मूल्याङ्कन परीक्षामा नृत्योपासनामा प्रशिक्षण लिरहेका प्राथमिकदेखि चौथो वर्षसम्मका २२ जना विद्यार्थी छात्राहरु सहभागी भएका थिए । उनीहरू सबैजना अर्को चरणमा प्रवेश गरेका छन्।

विद्यार्थीहरुलाई भरत नाट्यम विधामा भारतको चेन्नाईबाट स्नातकोत्तर पूरा गर्नुभएकी नृत्योपासना विराटनगरकी सञ्चालक एवं प्रशिक्षक सन्तोष निधि राठीले प्रशिक्षण गराउनुभएको हो।

सो अवसरमा विद्यार्थीहरूलाई परीक्षामा उत्तीर्ण भएको प्रमाणपत्र समेत प्रदान गरिएको प्रशिक्षक राठीले जानकारी दिनुभयो। प्रमाणपत्र वितरण कार्यक्रममा विद्यार्थीहरूका अभिभावकको समेत उपस्थिति रहेको थियो।

नृत्योपासना विराटनगरमा शास्त्रीय संगीतका विभिन्न रागमा नृत्य प्रशिक्षण हुँदै आएको सञ्चालक राठीले जानकारी दिनुभयो।