
विराटनगर १३ चैत । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा आएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार, केहीबेर अघि आगो पूर्ण रुपमा नियन्त्रणमा आएको हो । प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागी भएको थियो । आगलागी भएको करिब साढे ६ घण्टामा नियन्त्रण गर्न सफल भएको हो ।
आगलागी नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । आगलागीको कारण खुलिसकेको छैन,’ प्रजिअ अधिकारी मिश्रले भन्नुभयोे, ‘हामीले प्लाजाका सबै कोठा कोठामा र्हेयौं, कतैपनि आगो भेटिएको छैन ।’
प्लाजाको चौथो तलामा आगलागी भएको थियो । सोही प्लाजाको सातौं तलामा फसेका ११ जनाको उद्धार हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । ३ जना महिला र ८ जना पुरुषको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये एकजना सामान्य घाइते भएका थिए । उनको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । नेपाल प्रहरीका ५, सशस्त्र प्रहरीका १ र नेपाली सेनाका एक जना सामान्य घाइते भएको उहाँले बताउनुभयो ।