
विराटनगर १७ भदौ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बर्तमान गठबन्धन सरकार सहमतीको आधारमा पाँच वर्ष सञ्चालन हुने बताउनु भएको छ ।
प्रेस सेन्टर नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरु अस्थिरताबाट जोगिन र कामको आधारमा वर्तमान सरकार अक्षरस सहमती पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दावी गर्नु भयो ।
मन्त्री किरातीले भन्नु भयो –इतिहासदेखि जातियद्वन्द्व र साप्रदायिकक सद्भाव खलबलाउने कार्य नेपाली जनताले अस्विकार गरेका छन् भन्दै आफ्नो संस्कृतिलाई लागु गर्दा अर्काको संस्कृतिमा आँच आउन दिनु हुदैन । उहाँले सरकारले सञ्चालन गरेको भ्रष्टाचार न्यूनिकरण अभियान नरोकिने भन्दै अनुसन्धान गर्दै जाँदा भ्रष्टाचारमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउने दृढता व्यक्त्त गर्नु भयो ।
नागरिक उड्डयन मन्त्री समेत रहनु भएका मन्त्री किरातीले भैरहवाको गौतमवुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारी मोडलमा मन्त्रालयमार्फत मन्त्रीपरिषद् वैठकमा छिट्टै प्रस्ताव लग्ने जानकारी दिनु भयो । उहाँले जनताप्रति उत्तरदायित्व अन्तर्गत दुर्गम क्षेत्रमा सहज रुपमा आवतजावत गर्न हवाई उडान सञ्चालनका लागि एयरलाइन्सले आफ्नै लगानीमा तीन बटा साना जहाज खरीद गर्न लागेको बताउनु भयो ।
एक प्रश्नको जवाफमा मन्त्री किरातीले ल्यारक्याल लामा विवादित नभएर विवाविद बनाइएको हो भन्दै उहाँ बुद्धिजमा अन्तर्राष्ट्रि महासचिव र नेपालको कुनैपनि संवैधानिक निकायमा दोषि नठह्याएको हुनाले लुम्बिनी बिकास कोषको उपाध्यक्षमा नियुक्ति गर्नुका साथै यो जायज भएको बताउनु भयो । उहाँले प्रकृति र संस्कृति नेपालको सुन भएको चर्चा गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा यसलाई ब्राण्डिङग गरी प्रस्तुत गर्न सकेमा लाखौ पर्यटकका आगमन हुने विश्वास व्यक्त्त गर्नु भयो ।