विराटनगर, ३१ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले आज गयानन्द मण्डल गनगाईलाई प्रदेशको उद्योग,कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त्ति गर्नु भएको छ ।
प्रदेश प्रमुख खापुङ्गले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको यही साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम गनगाईलाई राज्यमन्त्रीमा नियुक्ति गर्नु भएको हो । मुख्यमन्त्री थापाले आज राज्यमन्त्री गनगाईलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्रीहरु, कर्मचारी, न्यायालयका प्रमुख ,सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।