कोशी प्रदेश आमसञ्चार बिधेयक विरुद्ध पत्रकारको प्रदर्शन

विराटनगर ६ भदौ । कोशी प्रदेश आमसञ्चार बिधेयक पत्रकारको हितमा नभएको भन्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेश र संसदीय पत्रकार मञ्चले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका छन् ।

विराटनगर कार्य क्षेत्रबनाएका पत्रकारीता गरिहेका पत्रकारहरुले कोशी प्रदेश सचिवालय अगाडी धर्ना दिएर बिरोध जनाएका हुन् । भने संसदीय पत्रकार मञ्चका प्रतिनिधिमुलक पत्रकारहरुले कोशी प्रदेश सचिवालयको प्राङ्गण भित्र समेत धर्ना दिएका थिए ।

सचिवालय भित्र धर्ना दिँदा प्रहरीले उठाएर गेट बाहिर निकालेको थियो । त्यसपछि गेटअगाडी धर्ना दिन खोजदा पत्रकारहरुलाई प्रहरीले धरपकड गर्दै बल प्रयोग गरेकोमा पत्रकरहरुले खेद प्रकट गरेको थिए । यता नेपाल पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्ष भरत खडकाले पत्रकारको लागि बनाउन लागेको कानुन पत्रकारको हितमा नभएकोले बिरोध गर्नु परेको बताउनुभयो । उहाँले प्रदेश सरकारले यो बिधेयक पत्रकार मैत्री भएन भने कुनै हालतमा मान्य नहुने बताउनुभयो । अध्यक्ष खड्काले यो बिधेयक सच्याइएन भने भोलि देखि कोशी प्रदेशको १४ जिल्लामा बिरोध कार्यक्रम गर्ने सरकारलाई चेतावनी दिनुभयो ।

यो बिधेयकले पत्रकार माथी अंकुस लगाउने र समाचार लेखेकै आधारमा जेल सजाय र पत्रकारले पत्रकारलाई दण्ड जरिवाना गर्ने कानुन तुरुन्त सच्याउन उहाँले माग गर्नुभयो । पत्रकारले पटकपटक यो बिधेयक माथी बसेर छलफल गर्दा समेत अटेर गरेर सुनियोजित तरिकाले बिधेयक लयाएको भन्दै पत्रकारहरुले बिरोध गरेको हो ।

पत्रकारहरुले कोशी प्रदेश सरकारको विरुद्ध केहिबेर नारा जुलुस समेत गरेको थिए । यसअघि नै सरोकारवाला पक्षले पटक–पटक प्रस्तुत गरेको सुझाव अवहेलना गर्दै सरकार र समितिले गरेको असंवेदनशील व्यवहार प्रेसप्रति अनुदार र नियन्त्रित मानसिकता झल्काउने खालको विधेयक रहेको छ ।

लोकतान्त्रिक चरित्र र प्रक्रियाविपरीत, मिलेमतोमा लयाइएको यस विधेयकमा पत्रकारलाई राजनीतिक रुपमा नियुक्त व्यक्तिहरूद्वारा जरिवाना र दण्ड दिन सक्ने प्रावधान प्रेस स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो, उक्त प्रावधान नेपाल अधिराज्यको संविधान २०७२ को खिलापमा रहेको छ, तस्र्थ यो विधेयक सच्याउन पत्रकारहरुको विभिन्न संघ–संगठन, पत्रकार महांसघको गम्भीर ध्यानाकर्षण भएको छ ।