मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त

विराटनगर २९ वैशाख । मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा क्षेत्री नियुक्त हुनु भएको छ ।

विश्वविद्यालय सेवा आयोगको दोस्रो अध्यक्षमा प्रा.डा. क्षेत्री नियुक्त हुनु भएको हो । अध्यक्ष थापालाई आइतबारकोशी प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको सपथग्रहण गराउनुभयो । विश्वविद्यालयको मोरङको बुढीगंगा–४ हात्तीमुढास्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा सहकुलपति तथा कोशी सरकारका समाजिक विकास मन्त्री पाँचकर्ण राई, उपकुलपति डा. सुवासश्री पोखरेल, संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, रजिष्टार डा. दिलनाथ फुँयाल र डिन प्रा.डा. प्रचण्डमान प्रधान लगातको उपस्थिति थियो ।

मनमोहन प्राविधिक विश्वविद्यालय कोशी सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो । यो विश्वबिद्यालयमा हाल इन्जिनियरिङ, कानुन, औषधि विज्ञान र अस्पताल व्यावस्थापनमा पढाई हुँदै आएको छ । विश्वविद्यालयको आफनै सेवा आयोग, परीक्षा कार्यालय, अनुसन्धान केन्द, लाइब्रेरी, विभिन्न ल्याबहरु सहित तीन वटा स्कुलहरु सञ्चालनमा छन् ।