जलबायु परिवर्तनबारे शिक्षादीपका विद्यार्थीको अनुसन्धान

विराटनगर २९ चैत । जलबायु परिवर्तनबारे विराटनगरको शिक्षादीप कलेजका विद्यार्थीले अनुसन्धान गरेका छन् । कक्षा ११ को जीव विज्ञान समूहका विद्यार्थीले जलवायु परिवर्तनका बर्तमान मुद्धाहरुबारे अनुसन्धान गरि समाधानको उपायहरु पनि सुझाएका छन् ।

८ समूहमा विद्यार्थीले गरेको अनुसन्धान आज कलेजमा आयोजित जलबायु परिवर्तन सम्मेलन २०२५ मार्फत सार्वजनिक गरिएको छ । ‘ग्रहलाई सितल पार, हृदयलाई न्यानो पार’ भन्ने नाराका साथ आज कलेजमा आयोजित तेश्रो जलवायु परिवर्तन सम्मेलनमा उनीहरुले गरेको जलबायु परिवर्तन सम्वन्धीको अनुसन्धान सार्वजनिक गरिएको थियो ।

सम्मेलनमा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले समयको माग अनुशारको शिक्षा शिक्षादीपले दिईरहेको बताउनुभयो । जलवायु परिवर्तनबारे विद्यार्थीले गरेको अनुसन्धानको उहाँले प्रशंसा गर्नुभयो । मन्त्री मण्डलले अन्य देशका कारण जलवायु परिवर्तनको असर नेपालले भोगी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ जलवायु परिवर्तनको असरका कारण हिमाल पग्लिरहेको छ । जलवायु परिवर्तनलाई रोक्न केही न केही गर्नु आवस्यक छ ।’

कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काले जलवायु परिवर्तनले ल्याएका चुनौति र समाधानका उपायबारे विद्यार्थीले अनुसन्धान गरेको बताउनुभयो । उहाँले विज्ञ र सरकारले गर्ने अनुसन्धानको कार्य शिक्षादीपका विद्यार्थीले गरेको बताउनुभयो । उहाँले शिक्षादीपले हरेक विद्यार्थीलाई ज्ञानसँगै सीप पनि सिकाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ शिक्षादीपको अध्ययन पुरा गर्दा केही न केही सीप विद्यार्थीले पाएकै हुन्छ ।’

प्रिन्सीपल खड्काले शिक्षादीपमा ३२ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । उहाँले नमूना कलेजका रुपमा शिक्षादीप अघि बढेको बताउनुभयो । कलेजका सञ्चालक रामचन्द्र अधिकारीले शिक्षादीप कलेजले काठमाण्डौंका कलेजहरुलाई चुनौति दिन सक्ने भएको बताउनुभयो । पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि कलेज अब्बल भएको दावी गर्नुभयो । तेश्रो जलबायु परिवर्तन सम्मेलनका अवसरमा कलेजले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट दुई विद्यार्थीलाई सम्मानित गरेको छ ।

नेपाल राष्ट्र बैंक विराटनगरले आयोजना गरेको निवन्ध प्रतियोगितामा तेश्रो तथा ललितकला संगम विराटनगरले आयोजना गरेको चित्रकलामा सर्वोत्कृष्ट हुन सफल सिरिन भट्टराई र ललितकला संगम विराटनगरले आयोजना गरेको चित्रकलामा सर्वोत्कृष्ट हुन सफल अपेक्षा राईलाई सम्मानित गरिएको थियो ।