पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेको माग

विराटनगर ११ फागुन । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलको तर्फबाट आइतबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गर्नुभयो । ‘अहिलेको परिस्थितिलाई नै सँधैभरी राखिरहनु हुँदैन । त्यहाँ वार्ता र छलफलबाट समस्या समाधान हुनुपर्छ,’ उहाँले भन्नुभयोे ।