विराटनगर २४ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्खीयता कार्यान्वयन तथा प्रदेश कानुन निर्माण प्रतिवेदनलाई गम्भीर रुपमा अध्ययन गरी कार्यान्वयन गर्ने बताउनु भएको छ ।
प्रदेश सरकारले गठन गरेकोे सङ्खीय कार्यान्वयन तथा प्रदेश कानुन निर्माण सम्बन्धी अध्ययन कार्यदल २०८१ टोलीका संयोजक चुडामणि आचार्यबाट आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन बुझ्दै उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई आगामी २१ दिनभित्र अध्ययन गरी आवश्यक सुझाव लिखित रुपमा बुझाउन समेत निर्देशन दिनु भयो । उहाँले प्रतिवेदनमा औँल्याएका कानुन निर्माण,संशोधन र साझा र एकल अधिकार, मन्त्रालयको कानुन निर्माण, नियमावली सम्बन्धी सुझाव दिन समेत आन्तरिक मामिला मन्त्रालयलाई निर्देशन दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रतिवेदन प्रदेश संरचना सहित सङ्खीय र स्थानीय सरकारका लागि मार्गदर्शन हुने बताउनु भयो । हाँले भत्रुभयो, ‘मुलुकमा राजनीतिक स्थायित्वको चरण शुरु भएकोमा खुशी छु , प्रदेशको आगामी हिउँदे अधिवेशनमा विधेयक, ऐन निर्माण,संशोधन लगायत थुप्रै विजनेश प्रदेश सभाले प्राप्त गर्ने तयारी सरकारले गरेको छ ।’ मुख्यमन्त्री कार्कीले प्राप्त प्रतिवेदन आगामी २१ दिनपछि सार्वजनिक गर्ने प्रतिबद्धता समेत व्यक्त्त गर्नु भयो । प्रदेश सरकारले विसं २०८१ वैशाख २७ गतेको सात सदस्यीय कार्यदल गठन गरेको थियो ।
आचार्यको संयोजकत्वमा गठन टोलीमा अधिवक्त्ता गजेन्द्र आचार्य, अर्जुन राई, कुलप्रसाद साम्बा,जसमाया गजमेर,नरेन्द्रकुमार श्रेष्ठ र कानुन मन्त्रालयका सचिव सदस्य सचिव रहनु भएको थियो । सोही अवसरमा मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलाई प्रतिवेदन अध्ययन गरी सुझाव दिन हस्तान्तरण गर्नु भयो ।
कार्यक्रममा प्रदेशका मन्त्रीहरु, सचिवहरु, कर्मचारीहरु एवं सञ्चारकमीहरुको उपस्थिति रहेको थियो ।