यू–१९ राष्ट्रिय पुरुष क्रिकेट : गण्डकी र मधेस विजयी

विराटनगर ११कात्तिक । विराटनगरमा जारी यू–१९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी र मधेस प्रदेश विजयी भएका छन् ।

प्रतियोगिताअन्तर्गत आज मेरिबोलेन ज्वाला क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले मधेस प्रदेशलाई ९ विकेटले परापिजत गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको मधेसले ३५ ओभर ३ बलमा अलआउट हुँदै ८२ रन बनाएको थियो । मधेसका लागि जितेश मण्डलले ३२ रन, निरजकुमार यादवले १८ र मायन यादवले १३ रन बनाए । गण्डकीका अपराजित पौडेलले ५ विकेट लिए ।

गण्डकीले पाएको ८३ रनको लक्ष्य १८ ओभर २ बलमा १ विकेट गुमाउँदै पूरा गरेका थियो । गण्डकीका लागि सोहेल कुँवरले अविजित ३४ र क्याप्टेन अर्जुन कुमालले २४ रनको बनाए । मधेसका जितेन मण्डलले १ विकेट लिए । गण्डकीले जितसँगै २ अंक जोडेको छ भने मधेसको २ खेलमा २ अंक जोडेको छ । कोशी २ खेलमा अंकविहीन छ । त्यस्तै,

त्यसैगरी, बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा लुम्बिनीले घरेलु टोली कोशी प्रदेशलाई ७५ रनले हराएको छ ।

टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभर २ बलमा सबै विकेटको क्षतिमा १३५ रन बनायो । लुम्बिनीका लागि सन्तोष यादव र दिलसाद अलीले क्रमशः ३६ र ३२ रन बनाए । कोशीका प्रतिक पोखरेलले ३ विकेट, सौजन घिमिरे, प्रेम कामत र विपिन महतोले समान २ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएका कोशी २४ ओभर २ बलमा सबै विकेटको क्षतिमा ६० रनमै समेटियो । कोशीका लागि सोनु अन्सारीले १७ र रोशन साहले १३ रन जोडे । लुम्बिनीका महेश भार, रमेश कुर्मी र सन्तोष यादवले सामना ३–३ विकेट लिए ।