विराटनगर ११ साउन । अर्किड कलेज विराटनगरले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ । स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको हो ।
कक्षा ११ मा नयाँ भर्ना भएका ८२० जना विद्यार्थीहरुलाई स्वागत गर्दै अभिमुखिकरण गराएको कलेजका प्रिन्सिपल सिएम श्रेष्ठले जानकारी जानकारी दिनुभयो । उहाँका अनुसार विज्ञान संकायमा ३७० र व्यवस्थापन संकायमा ४५० जना विद्यार्थी भर्ना भएका छन् । भर्ना भएका विद्यार्थी १७ औं ब्याजका विद्यार्थी हुन् । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल श्रेष्ठले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर कलेजले दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताउनुभयो ।
संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अर्किड कलेज विद्यार्थी र अभिभावको रोजाइमा परेको बताउनुभयो । उत्कृष्ट शैक्षिक वातावरण, कडा अनुशासन, डेडीकेटेड फ्याकेल्टी, एडेक्वेट क्यारियर डेबलपमेन्ट अवसर, निरन्तर सुपरिवेक्षण गरेको कारणले अर्किडका विद्यार्थीहरुले सफलता हात पार्दै आएको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।
राष्ट्रिय परीक्षा बोर्ड कोशी प्रदेशका प्रमुख जीवन गड्तौलाले अर्किड कलेजले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्दै पूर्वमा मात्र नभई देश र विदेशमै अतुलनीय योगदान पुर्याएको बताउनुभयो । विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेर अर्किडले दक्ष जनशक्ति उत्पादन गरेर राष्ट्रिय निर्माण ठुलो योगदान पुर्याएको बताउनुभयो ।
हिसान कोशी प्रदेशका सचिब दिपेश बास्तोलालले अर्किड कलेजले गुणस्तरीय शिक्षासँगै रोजगारमुखी शिक्षा प्रदान गरेको कारण आज दक्ष जनशक्ति उत्पादन गरेर अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा कलेजका अध्यक्ष अमित ढकालले संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले अर्किड कलेजमा विद्यार्थी र अभिभावकको रोजाइमा परेको बताए । कलेजले उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान पनि सम्मान गरेको छ ।