विराटनगर ५ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि तयार रहन कार्यकर्ताहरुलार्य आज निर्देशन दिनु भएको छ ।
नेपाली कांग्रेस विराटनगर महानगरपालिका –६ को वडा कार्यालय उद्घाटन गर्दै उहाँले सरकारले आम निर्वाचन मिति तय गरिसकेको चुनावी माहोल बनाएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कांग्रेसको महाधिवेशन र संसदीय निर्वाचनलाई सँगसँगै लिएर अगाडि बढ्न बताउनु भयो । उहाँले नेकांको क्रियाशील सदस्यता वितरणमा युवा, महिला र अल्पसंख्यलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भयो ।
डा कोइरालाले सरकारले निर्वाचनलाई सभ्य, सुरक्षित , निश्पक्ष भय रहित वातावारणमा सम्पन्न गर्न सुरक्षाको वातावरण निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले सरकारले जघन्य अपराध गरेर फरार रहेका कैदी पक्राउ र लुटिएका हातहतिर वरामद गर्नु गर्नुपर्नेमा जोड ।
नेता डा कोइरालाले सरकारले नेकपा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं छोडेर बाहिर नजान भनेकोमा दुःख व्यक्त्त गर्नुभयो ।
यसैवीच डा कोइरालाले खस्किदै गएको मुलुकको आर्थिक अवस्थालाई चलायमान बनाउन हामी सबै लाग्नुपर्ने बताउनु भएको छ ।
तेरापंथ महिला मंडलद्वारा आज विराटनगरको जैन भवनमा आयोजित घरेलु महिलाद्वारा पारम्परिकतरीकावाट उत्पादित सामाग्रीको एक दिने प्रदर्शनी (श्री उत्सव) को उद्घाटन गर्दै उहाँले कोभिडदेखि हालसम्म थला परेको मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन राज्य तथा हामीसबैले काँधकाँध जोडी अगाडि हिडेमा सफल हुने विचार राख्नुभयो ।
नेता डा कोइरालाले नेपाललाई समृद्ध बनाउन सरकारले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन जोड दिनुपर्ने सुझाव दिनु भयो ।