चिकित्सक बुढाथोकीमाथि भएको सांघातिक हमला प्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण

विराटनगर ९ जेठ । नेपाल चिकित्सक संघ कोशीले मोरङ उर्लाबारी स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कार्यरत चिकित्सक डा. ब्रोसिस बुढाथोकीमाथि भएको सांघातिक हमला प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चिकित्सक संघले अस्पतालमा चिकित्सक माथि आफ्नो कर्तब्य निर्वाह गरिरहेको अवस्थामा यसरी आक्रमण गरेर अमानवीय गतिविधि गर्नेलाई पनि अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याई कानुन अनुसारको कारबाहीको माग गरिएको छ ।

अध्यक्ष डा. फरवार्ड सिलवाल र महासचिव डा. राजेन्द्र चौधरीले आज जारी गरेको संयक्त विज्ञप्तिमा घटनाका सन्दर्भमा चिकित्सकका तर्फबाट गत जेठ ६ गते नै ईलाका प्रहरी कार्यालय, उर्लाबारीमा किटानी जाहेरी दिदा समेत हाल सम्म घटनामा सलग्न लाई पक्राउ नगरिएको प्रती गम्भीर ध्यानकर्षण भएको जनाइएको छ । घटनामा सलग्न लाई अविलम्ब पक्राउ गरि कानुनी दायरामा नल्याए संघ कडा कदम चाल्न बाध्य हुने अध्यक्ष डा. सिलवालले बताउनुभयो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको विरोधमा बुधबार ओपिडी सेवा बन्द गरिएको थियो । चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपीडि सेवा मंगलबार पनि एक घण्टा बन्द गरेको थियो । बुधबारदेखि अस्पतालको ओपीडि सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले मंगलबार निर्णय गरेका थिए । उनीहरुले चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही नगरेपछि ओपीडि सेवा बन्द गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने चेतावनी दिएका छन् । घटनामा सलग्न लाई अविलम्ब पक्राउ गरि कानुनी दायरामा नल्याएसम्म ओपिडी बन्द लगायतका आन्दोलनका कार्यक्रम निरन्तर रहने डा. ब्रोसिस बुढाथोकीले जानकारी दिनुभयो ।

गत जेठ ३ गते दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेका थिए ।