विराटनगर ७ जेठ । मोरङमा विभिन्न कार्यक्रमको आयोजना गरेर तीन दिन सम्म गणतन्त्र दिवस मनाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको बैठकले जेठ १४ , १५ र १६ गते विराटनगरमा विभिन्न कार्यक्रमहरु गरि गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जेठ १४ गते सरकारी कार्यालय साथै अन्य स्थानमा सरसफाई, १५ गते विहान र्याली, र साँझ दिपप्रज्वल गर्ने साथै १६ गते रक्तदान र सहिद तथा वेपत्ता परिवारलाई सम्मान गर्ने ,बृक्षरोपण कार्यक्रम फरक क्षमता भएका विद्यार्थीहरलाई खेलकुदका सामानहरु वितरण र साना खालका राष्ट्रि झण्डा घरघरमा राखेर गणतन्त्र दिवस मनाउने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिनुभयो । उहाँले उपस्थित कार्यालय प्रमुखहरुलाई कामको जिम्मेवारी समेत तोक्नु भएको छ । सवैजनाले आफनो जिम्बेवारी पुरा गर्न उहाँले निर्देशन समेत दिनु भएको छ ।
प्रमुख जिल्ला अधिकारी भट्टराइले तीन दिन सवै कार्यालयहरु र घरघरमा दिपप्रज्वल गर्न आग्रह गर्नुभएको छ । उहाँले केही दिन यता हावाहुरी चट्याङ् समेत पर्न थालेको र धन जनको क्षति भएका कारण यस बाट बच्न सर्वसाधारणलाई विद्युतिय समाग्री लगायत बाट सतर्कता अपनाउन आग्रह समेत गरेका छन् ।