विराटनगर २८ माघ । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिंगिङ स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार सो आइडल भएको हो ।
शिक्षादीप सिंगिङ स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मिश्र भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय सुहानिका पौडेल र तृतीय रितिका भट्टराई भइन् । यसैगरी डान्सिङतर्फको सिनियरको प्रथम युआना चौधरी, द्धितीय प्रजिता राई र तृतीय खुशी भुजेल भइन् ।
प्रतियोगिताको सिंगिङमा ८ जना र डान्सिङमा १२ जना पुगेका थिए । डान्सिङमा सिनियर र जुनियर गरि ६–६ जना प्रतियोगि थिए ।
प्रतियोगिताको निर्णायकहरुमा गायक राम राउत, नृत्य निर्देशक मनोज राजवंशी र समिक्षा कार्की रहेकी थिइन् । सोही अवसरमा विद्यालय परिसर भित्र विज्ञान प्रर्दशनी पनि आयोजना गरिएको थियो । विद्यार्थीहरुले बनाएको विज्ञानसँग सम्बन्धी प्रर्दशनी राखिएको थियो । उत्कृष्ट हुने समूहलाई स्कुलले पुरस्कृत पनि गरिएको छ ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्कुलका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई अगाडी बढाउन यस्तो कार्यक्रमहरु गर्दै आएको प्रिन्सिपल खड्काले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका डिन प्राडा अनिलकुमार पोखरेलले गर्नुभएको थियो । विजेतालाई प्रमुख अतिथि पोखेलसहित स्कुलका को–अर्डिनेटर गणेश गौतमलगायतले पुरस्कार तथा ट्रफि वितरण गर्नुभयो ।