नेपाल उद्योग वाणिज्य महासंघद्धारा जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया

विराटनगर २७ मंसिर । जलवायु वित्त र बजेट सम्वन्धी अन्तरक्रिया कार्यक्रम विराटनगरमा आज सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना, द एशिया फाउण्डेशनको सहयोग र कम्यूनिटि इन्गेजमेन्टको सहकार्यमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा मानव विकासको वर्तमान युगमा आइपुग्दा बैज्ञानिक आविश्कारको उपयुक्त प्रयोग नगर्दा सृजित गलत परिणामका रुपमा जलवायु परिवर्तनलाई हेरिनुपर्ने विषय रहेको उल्लेख गर्दै कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्यले बताउनु भएको छ । उहाँले बैज्ञानिक आविश्कार र नयाँ प्रविधिको विकासका कारण विश्वको समृद्धि सम्भव भएको भएपनि कुल गार्हस्थ्य उत्पादनको आधा भन्दा बढि हिस्सा अमेरिका, चीन र भारत जस्ता केहि देशले ओगटेको र उनीहरुले हाँसील गरेको आर्थिक बृद्धिका लागि प्रयोग गरिएको प्रविधिको दुष्परिणामबाट नेपाल लगायतका देशहरुमा गम्भिर नकरात्मक असर परेकोले जलवायु परिवर्तन न्यूनिकरण र अनुकुलनमा लागनीका लागि हामीले विकसित देशहरूलाई वाध्य पार्न सक्नुपर्ने भन्दै आफ्नो कुलगार्हस्थ्य उत्पादनको २ प्रतिशत यस क्षेत्रमा लगानी गर्नका लागि ती देशलाई वाध्य बनाउन सकेमा जलवायु परिवर्तनको समस्याबाट मुलुकलाई बाहिर लैजान कठिन नहुने पनि उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलनमा सरकार र निजी क्षेत्रको साझेदारी आवश्यक देखिएकोले प्रदेश सरकारलाई निजी क्षेत्रसँग हातेमालो गर्न आग्रह गर्नुभयो । विद्युत आपुर्ति सहज नहुँदा जनेरेटर चलाएर उद्योग व्यवसाय चलाउनु पर्ने वाध्यता रहेको बताउँदै उहाँले सरकारले यस्ता गम्भिर विषयमा लगानी बढाएमा निजी क्षेत्रले पनि सरकारको प्राथमिकतामा थप योगदान गर्नसक्ने औंल्याउनु भयो ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्याम भण्डारीले प्रदेश सरकारका सबै निकायले जलवायु परिवर्तन अनुकुलन र न्यूनिकरणका विभिन्न कार्य गरिरहेको भएपनि त्यसलाई जलवायु बजेटको दृष्टिकोणबाट हेर्न र विश्लेषण गर्न क्षमता अभिबृद्धि र कार्यविधिगत स्पष्टता बढाउन प्रदेश सरकारले काम गर्नुपर्ने देखिएको पनि उहाँले बताउनु भयो । कार्यक्रममा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुहुँदै नेपाल सरकारका पूर्वसचिव गोपिनाथ मैनालीले जलवायु बजेटको अवधारणा, कारण र असर, जलवायु वित्त र जलवायु बजेटका विभिन्न विषयमा प्रकाश पार्नु भयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य रविन दाहाल, पर्यटन, बन तथा वातावरण मन्त्रालयका जलवायु विभागमा कार्यरत अधिकृत विनोद खतिवडा, उद्योग कृषि तथा सहकारी मन्त्रालयका सम्भु शाह लगायतले जलवायु परिवर्तन वित्त र जलवायु बजेटका विभिन्न विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कम्यूनिटी इन्गेजमेन्ट्स् एण्ड आउटरिच सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम कोशी प्रदेश सरकारले गरिरहेको जलवायु बजेट सांकेतिकरण अभ्यास तथा जलवायु परिवर्तन न्यूनिकरण र उत्थानशिलता प्रवद्र्धनका विषयमा केन्द्रित रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको सभापतित्वमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका विभिन्न मन्त्रालय, प्रदेश योजना आयोग र उद्योगी व्यवासायीहरको सहभागिता रहेको थियो