प्रहरीको हतियार लुटपाट गर्ने एक भारतीय सहित ६ जना प्रकाउ

विराटनगर २४ भदौ । सादा पोशाकमा खटिएका प्रहरीको हतियार एवं सर्वसाधारण जनतालाई बाटोमा ढुकी लुटपाट गर्ने एक भारतीय सहित छ जनालाई प्रहरीले प्रकाउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा यसरी पक्राउ पर्नेहरुमा सुनसरी जिल्ला दुहवी नगरपालिका वडा नं ४ का ३२ वर्षिय नसुदिन मियाँ, सोही नगरपालिका वडा नं १ वस्ने ३० वर्षिय मो अलिम मुर्तुजा, भारत घर भई सुनसरीको दुहवी नगरपालिका वडा नं ६ वस्ने ४० वर्षीय मो. आलम,मोरङको वुढीगंगा गाउँपालिकाका वडा न ४ वस्ने ४० वर्षिय रिजवन मियाँ,सोही गाउँपालिका वडा नं ५ का २१ वर्षिय नजरुल मियाँ र सोही वडा बस्ने २५ वर्षिय सिजाम आलम(सिजाम मोवाईल सेन्टरका सञ्चालक) रहेका छन् ।

मोरङको वुढीगंगा कोयलपुर क्षेत्रको नहरको सडकमा भदौ २२ गते रातिको ११ बजे शंकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त्ता एवं प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनु भयो । लुकाइ छिपाइ रहेको सामानहरुमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल एक थान, कटुवा पेस्तोल एक थान, रड तीन थान, धारिलो हतियार चक्कु दुई थान, पेचकस एक थान, रु एक लाख ७५ हजार २७५ र भारतीय रुपैया ११ हजार ६००, सुनजस्तो देखिने गहना तिलहरि एक थान ,झुम्का दुई जोर, चाँदीको जस्तो देखिने तीन लहरे सिक्री एक थान, पाउजु एक जोर , विभिन्न विदेशी रुपैया र नेपाली र भारतीय नम्बरको मोटरसाईकल दुई थान रहेको छन् ।

मोरङ र सुनसरीका एकान्त क्षेत्रमा रातीको ११ बजेदेखि विहानको ४ बजेसम्म दैनिक रुपमा लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ । हालसम्म उनीहरुले ११ स्थानमा लुटपाट गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। निजहरुलाई डाँका, हातहतियार र संगठीत अपराधमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।