विराटनगर महानगरको प्रमुखमा एमालेबाट ५ जनाको दावी

विराटनगर, २७ चैत । विराटनगर महानगरका लागि एमालेबाट ५ जनाले दावी गरेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुखमा महानगर कमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, जिल्ला कमिटी उपाध्यक्ष बाबुराम कार्की र खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम वस्नेत र प्रदेश कमिटी सदस्य महेश भट्टराईले दावी गरेका हुन ।

त्यसैगरि उपप्रमुखमा विमला घिमिरे, शिल्पा कार्की र अञ्जु उपाध्याय (शिवा) ले दावी गरेका छन् ।

विराटनगरका १९ वडाका लागि ५ दर्जन वढीको नाम वडा कमिटीबाट सिफारिस भएर आएको बताईएको छ । ३ वडामा १÷१ जनाको नाम सिफारिस भएको एमाले विराटनगर महानगरकमिटीले जनाएको छ ।

विराटनगर १०, ११ र १९ मा वडाध्यक्षमा एक/एक जनाको मात्रै दावी परेको छ । विराटनगर १० मा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने र १९ मा श्याम घिमिरेको नाम वडा कमिटीले सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा गिरी र घिमिरे पराजित भएका थिए भने न्यौपाने विजयी भएका थिए । गिरीको वडाबाट स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले विजयी भएका थिए । विराटनगर ११ बाट निर्वाचित वडाध्यक्ष न्यौपानेले महानगरपालिकाले जनप्रतिनिधिबापत दिएका सुविधा कुनै पनि नलिने भित्र पर्दछन् । न्यौपानेले मोटरसाईकल, पारिश्रमिक, भत्ता कुनैपनि लिएनन् । उनले वडाका लागि गरेको कामको मूल्यांकन गरि निर्विरोध नाम सिफारिस गरिएको एक नेताले बताए ।

महानगरकमिटीका अनुसार विराटनगर १ बाट काजीबहादुर वस्नेत, इश्वर रिजाल, किशोर वस्नेत, हरिप्रसाद पोखरेल र दिनकर मण्डलको नाम सिफारिस भएको छ । विराटनगर २ बाट कुमार पोखरेल, विनोदविक्रम शाह र ललित शाक्य, ३ बाट बासुबहादुर वस्नेत, रेशम थापा मगर, नवराज नेपाल, विष्णु पौडेल, वडा नम्वर ४ वाट जितेन थापा, तुलसी घिमिरे, ५ बाट शिव थापा, सुनिल श्रेष्ठ, राजमणि न्यौपाने, रमा रिजाल र मीनकुमार आचार्य, ६ बाट दिनेश कामत, नविनविक्रम शाह, अनिल आलम, लालबाबु साह, सन्तोष साह, समिम अन्सारी, जुफिर अहमद दोस्ताना, ७ बाट गोपाल पोद्धार र दामोदर तिवारीको नाम वडा कमिटीले सिफारिस गरेको छ ।

विराटनगर ८ बाट राम पोखरेल, शैलेश न्यौपाने, मनिष भट्टराई र वीरेन्द्र राजवंशी, ९ बाट दिलिप तामाङ, श्रीप्रसाद तोत्ला, अजमेरि हुसैन, दिनानाथ भगत, पप्पु अन्सारी, राजेशकुमार भगत, गंगालाल प्रधान, हरिनाथ अधिकारी, १२ बाट राधेश्याम कट्टेल, भोला बराल, झुमा पोखरेल, विष्णु कामत, तुलसी साह, अमिरलाल राजवंशी, अजय ढकाल, १३ नम्वरबाट किशोर पोखरेल, सन्तोष बराल, तिर्थराज घिमिरे,दिनेश राई, बद्री न्यौपाने, दिपक खड्का, १४ बाट सुर्यनारायण महतो र सुनिता गिरी, १५ बाट उमेश गुरुङ, मनोज खड्का, कुन्दन मण्डल, आकाश साह, १६ बाट कुमार महर्जन, प्रल्हाद वस्नेत, धनकुमार लामा र भरत साह नाम सिफारिस भएको छ ।

विराटनगर १७ बाट हमिद आजाद र सिकन्दर आलम, १८ बाट पर्शुराम ठाकुर, रविन्द्र दास र जितेन्द्र कामतको नाम सिफारिस भई आएको महानगर कमिटीले जनाएको छ ।