विराटनगर २३ फागुन । मोरङका २ क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मोरङ ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी र ६ बाट रुविना आचार्य निर्वाचित हुनु भएको छ ।
मोरङ ४ बाट निर्वाचित राजवंशीले ४० हजार ८३३ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले १२ हजार ८१८ मत प्राप्त गर्नुभयो । निवर्तमान सांसद तथा नेकपाका अमनलाल मोदीले १० हजार ७६२ र नेकपा एमालेका नेता जीवन घिमिरेले ६ हजार ९३३ मत ल्याउनुभयो ।
मोरङ ६ बाट रुविना आचार्यले ५५ हजार ५१३ मत प्राप्त गर्नुभएको छ । उहाका निकटतम प्रतिद्धन्दी निवर्तमान सांसद शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नुभयो । नेकपा एमालेका विनोद ढकालले ८ हजार ३१७ र श्रम संस्कृतिका मातृका पौडेलले ३ हजार ४ सय मत प्राप्त गर्नुभयो ।
मोरङ अन्य ४ क्षेत्रको मतगणना जारी छ । मतगणना जारी भएका सवै क्षेत्रमा रास्वपा फराकिलो मतान्तरले अग्रता लिएको छ ।