मोरङ रंङ्गेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा मिनिल्यान्ड स्कुल प्रथम

रंगेली २ फागुन । मोरङको रङ्गेली नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुल ३२ अङ्कका साथ पहिलो भएको छ । २३ अङ्कका साथ पब्लिक माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ ।

महालक्ष्मी माध्यमिक विद्यालय २१ अङ्क सहित तेश्रो भएको छ । गत माघ २९ फागुन १ र २ गते सम्म सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्ड मा २७ वटा सामुदायिक विद्यालय र १४ वटा संस्थागत विद्यालय सहभागी भएका थिए ।

करिब करिब ४ सय विद्यार्थीहरूले विभिन्न प्रकारका खेलमा सहभागी भएका थिए । आज समापन कार्यक्रममा कार्यवाहक नगरप्रमुख भूमा पराजुलीले खेलकुद क्षेत्रलाई रङ्गेली नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।

आगामी दिनमा अझ उत्कृष्ट गुणस्तरीय खेल विद्यार्थीहरूबाट खेलिने विश्वास उहाँले व्यक्त गर्नुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत प्रदीप शाह ले विद्यार्थीहरूले अध्ययनका साथसाथै खेलकुद क्षेत्रलाई पनि उत्तिकै महत्वपूर्ण दिनुपर्ने सुझाव दिनुभयो । शिक्षा अधिकृत लीला देवी ओझाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको थियो ।

पालिका स्तरमा उत्कृष्ट हुने खेलाडीहरूले आगामी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने समापन कार्यक्रमका अध्यक्ष तथा वडा नं ३ वा वडाध्यक्ष भरतराज प्रसाईले बताउनुभयो ।