विराटनगर १७ माघ । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिको अध्यक्षमा युवराज अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
शनिबार विराटनगरमा सम्पन्न महानगर समितिको भेलाले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा विनोद अधिकारी, द्वितीय उपाध्यक्षमा अन्जना अधिकारी, सचिवमा राजुप्रसाद अधिकारी, सहसचिवमा संजिव अधिकारी र कोषाध्यक्षमा लक्ष्मी अधिकारी चयन भएका छन् ।
सदस्यहरूमा चन्द्रलाल अधिकारी, रंजु अधिकारी, केशव प्रसाद अधिकारी र देवेन्द्र अधिकारीलाई चयन गरिएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं प्रतिष्ठानका केन्द्रीय महासचिव चिरञ्जीवी अधिकारीले वंशको पहिचान जोगाउन र वंशावलीलाई व्यवस्थित बनाउन महानगर समितिको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
कोशी प्रदेश अध्यक्ष शान्तिबहादुर अधिकारीले नवगठित समितिलाई बधाई दिँदै सांगठनिक सुदृढीकरणमा जोड दिनुुपर्ने उल्लेख गर्नुभयो ।
केन्द्रीय सल्लाहकार सदस्य चन्द्र अधिकारी र मोरङ जिल्ला उपाध्यक्ष माधव अधिकारीले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै सामाजिक र सांस्कृतिक उत्थानका लागि एकजुट भएर लाग्न आह्वान गर्नुभएको थियो ।