विराटनगर १७ माघ । प्रथम संस्करणको कोशी एलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा सम्पन्न प्रतियोगितामा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।
टस हारेर ब्याटिङ गरेको मोरङले निर्धारित ४३ ओभरको खेलमा ४२ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय ७४ रनको योगफल तयार पारेको थियो । मोरङका कृतिक कामतले ३४ रन बनाउँदा प्रतिक पोखरेलले २६ रन, शाकिव हकले २४ रन, कप्तान दिपेश कक्डेलले १९ रन, प्रेम कामतले अविजित १३ रन र आइस्टाइन रिजालले १० रनको योगदान दिए । झापाका आयुस न्योपानेले ३ विकेट लिँदा कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतो २–२ विकेट लिए ।
१ सय ७५ रनको लक्ष्य पाएको झापाले पुरै ओभर खेल्दै ९ विकेट गुमाई १ सय ४७ रन मात्र बनाउँन सक्यो । झापाका आसिक राना मगरले ४३ रन जोड्दा फैजल रहमानले २२ रन, आयुस न्योपानेले ११ रन, दिपु भुलेल र भुपाल दंगालले १०–१० रन बनाए । मोरङका फिर्दोस अन्सरीले ३ विकेट लिँदा क्पतान दिपेश कँडेल र प्रेम कामतले २–२ विकेट लिए ।
फाइनल खेलको प्लेयर अफ फाइनल मोरङ कप्तान दिपेश कँडेल घोषित भए । उत्कृष्ट ब्इाटर मोरङका कृर्तिक कामत घोषित भए भने उत्कृष्ट बलर मोरङकै प्रेम कामत भए । त्यस्तै प्लेयर अफ द सिरिज मोरङकै कप्तान दिपेश कँडेल भए ।
विजयी तथा अन्य खेलाडीलाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।