विराटनगर ८ पुस । विराटनगरमा भोलिदेखि ‘विराट ट्रेड एक्स्पो’ शुरु हुँदैछ । तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । एक्स्पोको अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गर्ने कार्यक्रम छ ।
आयोजक मोरङ उद्योग ब्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १९ गतेसम्म आयोजना गर्ने अन्तराष्ट्रियस्तरको कृषि, पर्यटन तथा औद्योगिक उत्पादनको विराट ट्रेड एक्स्पोकोे आयोजनाले यस क्षेत्रका औद्योगिक उत्पादन वृद्धि हुनका साथै कृषि उत्पादनको बजारीकरण गर्न सहयोग पुग्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । एक्स्पो विराटनगर–१ शान्तिचोकमा सञ्चालन हुनेछ ।
एक्स्पोमा २० करोडको व्यापार हुने अनुमान रहेको संघका अध्यक्ष अनुपम राठीले जानकारी दिनु भयो । एक्स्पोका संयोजक अमितकुमार सारडाका अनुशार एक्स्पोमा तीन बटा हेङगर सहित २०० वटा स्टलहरु रहने र सबै वुक भैसकेको छन् । एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु रहने संयोजक सारडाले बताउनुभयो ।
एक्स्पो सञ्चालनका लागि दुई करोड ५० लाख खर्च हुने संघका अध्यक्ष राठीले जानकारी दिनु भयो । संघले यसअघि विस २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ मा ब्यापार मेला आयोजना गरेको थियो ।