इन्जिनियरिङमा विश्वविद्यालय टप गर्ने र एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका अरनिको कलेज विराटनगरका विद्यार्थीहरु सम्मानित

विराटनगर ६ मंसिर । अरनिको कलेज विराटनगरले इन्जिनियरिङमा विश्वविद्यालय टप सहित एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

इन्जिनियरिङमा विश्वविद्यालय टप गर्ने २, एमबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका ११ र आन्तरिक परीक्षामा सर्बोेत्कृष्ट अंक ल्याउने ७ सहित २० जना विद्यार्थीलाई आज नगद सहित सम्मानित गरेको हो ।

इन्जिनियरिङको प्रवेश परिक्षामा पूर्वाञ्चल विश्वविद्यालय टप गर्ने अनुक्रम काफ्ले र काठमाण्डौं विश्वविद्यालय टप गर्ने नितेशकुमार श्रेष्ठलाई कलेजले नगद सहित सम्मानित गरेको छ ।

एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्ति पाएका ११ जना विद्यार्थीलाई कलेजले नगद सहित सम्मानित गरेको छ ।

पूर्ण छात्रबृत्ति पाउनेहरुमा ओपेन्द्रकुमार यादव, शुभम अगरिया, दिक्षित भट्टराई, रोहित राम, लोकेश रौनियार, शुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, रिसभ सोनी र निराजन यादव रहेका छन् । विडिएस तर्फ निश्चल न्यौपानेले पूर्ण छात्रबृत्ति पाएका छन् ।

विद्यार्थी सम्मानका अवसरमा कलेजले कक्षा ११ र १२ को त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मानित गरेको छ । कक्षा ११ मा नितिशकुमार गुप्ता र श्रेयन खड्का प्रथम, विवेक गुप्ता दोश्रो र प्रिन्सप्रशान्त साह तेश्रो भएका थिए ।

त्यसैगरि कक्षा १२ मा मञ्जिल ओझा प्रथम, प्राञ्जल नेपाल दोश्रो र सुजन राजवंशी तेश्रो भएका थिए । त्रैमासिक परीक्षामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमश ५ हजार, ३ हजार र २ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्कीले कोशी प्रदेशमा पूर्ण छात्रबृत्तिमा अरनिको कलेजले धेरै संख्यामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्न सफल भएको बताउनुभयो । उहाँले आरक्षण तर्फको नतिजा पछि पूर्ण छात्रबृत्ति पाउनेको संख्या २० जना पुग्ने बताउनुभयो । उहाँले कलेजमा अध्ययनरत विद्यार्थीलाई पनि अझ राम्रो प्रगति गर्न शुभकामना दिनुभयो ।

कलेजका कोअर्डिनेटर विकास खनालले धेरै संख्यामा पूर्ण छात्रबृत्तिमा नाम निकाल्नेमा अरनिको कलेज कोशीमा प्रथम तथा नेपालकै ‘टप फोर’ भित्र रहेको बताउनुभयो ।

अरनिकोका विद्यार्थीले इन्जिनियरिङ र मेडिकल शिक्षामा उत्कृष्ट नतिजा दिदै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई विदेश जाने चक्करमा नलागी स्वदेशमै काम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, सञ्चालकहरु भरतराज दाहाल, डा. भविन्द्र निरौला, शैलेशकुमार झा,निलम अधिकारी लगायतको सहभागिता रहेको थियो ।