विराटनगर ५ मंसिर । कान्तिपुर कलेज विराटनगरले एबीबीएसमा पूर्ण छात्रबृत्ति पाएका राजनारायण महतोलाई नगद १ लाख एक हजार रुपैयाँ सहित सम्मानित गरेको छ ।
एमबीबीएसमा पूर्णछात्रबृत्तिमा ३९ औं नम्वर र बीडीएसमा दोश्रो स्थानमा नाम निकालेका महतोले कक्षा १२ को परीक्षामा ३.९६ जिपीए सहित नेपाल टप भएका थिए । कक्षा १२ मा ३.९६ जिपीए भन्दा बढी अंक कसैले पनि ल्याएका थिएनन् ।
एमबीबीएसको प्रवेश परीक्षामा कोशी प्रदेशमा नियमित तर्फ कान्तिपुर प्रथम भएको कलेजले जनाएको छ । करिव १८ हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका मध्ये महतो ३९ औं भएका थिए ।
कलेजका निर्देशक विष्णु दाहालले एमबीबीएसमा कोशी प्रदेशमै पहिलो स्थान हासिल गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ एमबीबीएसमा नियमित तर्फ कोशीकै पहिलो स्थान हाम्रो हो । नियमितमा कोशी प्रदेशबाट कसैले पनि यो स्थान ल्याएका छैनन ।’
कान्तिपुर कलेजका महतो सहित करुणाकुमारी साह र प्रिन्सन श्रेष्ठले एमबीबीएसको प्रवेश परीक्षामा पूर्ण छात्रबृत्ति पाएको कलेजका प्रिन्सीपल भुवन नेपालले जानकारी दिनुभयो ।
गुणस्तरिय शिक्षा दिदै आएको कान्तिपुर एजुकेशन पाउन्डेसनले प्ले ग्रुप देखि पोष्ट ग्राजुएट ( पीजी टु पीजी) सम्मको शिक्षा दिने लक्ष्य रहेको प्रिन्सीपल नेपालले बताउनुभयो ।
कलेजले ३१२ जना विद्यार्थीलाई छात्रबृत्तिमा पठन पाठन गराउँदै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ एक सय खेलाडी, एक सय महानगरपालिका अन्र्तगत छात्रबृत्ति प्राप्त गरेको र अन्य उत्कृष्ट अंक ल्याउने, गरिव तथा जेहन्दार, द्वन्द्व पीडित लगायत छन् ।’
कान्तिपुर एजुकेशन पाउन्डेसनका अध्यक्ष खुशीराज श्रेष्ठले २०८२ मा स्कुल कलेज तर्फ उत्कृष्ट नतिजा दिईएको बताउनुभयो । एईईमा ४.० जीपीए, कक्षा १२ मा बोर्ड प्रथम, मेडिकल, इन्जिनियरिङमा राम्रो उपलब्धी हासिल गर्न सफल भएको उहाँले बताउनुभयो ।
विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा कक्षा ११ को बार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १२ जना र कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीलाई कलेजले सम्मान गरेको थियो ।
कक्षा ११ को बार्षिक परीक्षामा विज्ञान संकाय तर्फ प्रथम प्रियंका चौधरी, दोश्रो अविशा लिम्वु, तेश्रो समृद्धि अधिकारी र सुजल अधिकारी, व्यवस्थापन संकाय तर्फ प्रथम नितिशकुमार मण्डल, दोश्रो रुची साह, तेश्रो जोशिका कार्की र योगेश मगर, होटल व्यवस्थापन संकाय तर्फ करुण ढुंगाना प्रथम, दिपेश लुइँटेल केसी दोश्रो र कौशल पौडेल र प्रज्वल मंग्रान्ती तेश्रो भएको प्रिन्सीपल नेपालले बताउनुभयो ।
विद्यार्थी सम्मान तथा पुरस्कार वितरणका कार्यक्रमको अवसरमा अवसरमा कार्यालय सहयोगी सीता कार्कीलाई पनि कलेजले नगद १५ हजार सहित विदाई गरेको छ ।
