अर्किड कलेजको बक्तृत्वकलामा अनुष दाहाल प्रथम

विराटनगर ३ मंसिर । विराटनगरको अर्किड कलेजले अन्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा पारेर युवा पुस्तामा सामाजिक संजालको प्रभाव शिर्षकमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।

प्रतियोगितामा अनुष दाहाल प्रथम भए भने सत्येन्द्र यादव दोस्रो र शिवकुमारसाह तेस्रो भए । निर्णायकमा प्राध्यापकहरु सन्तोष अधिकारी, विकास खड्का र बिद्या अधिकारी रहेका थिए ।
प्रतियोगितामा कक्षा ११ र १२ मा अध्यनरत २० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए ।

विजयी विद्यार्थी हरुलाइ प्रमाण पत्र र नगद पुरस्कार सहित पुरस्कृत गरिएको थियो । उनीहरुलाई कलेजका प्रिन्सिपल मनिष भट्टराई , निर्देशक दिपेश बास्तोला र राजन दत्तले पुरस्कार वितरण गरे ।

अन्तराष्ट्रिय विद्यार्थी दिवसको अवसरमा कलेजले मिनी म्याराथन प्रतियोगिता, सामाजिक अभियान्ता करिम अन्सारीलाई सम्मान लगायतका कार्यक्रम गरेको थियो ।