विराटनगर ३० कात्तिक । मोरङको बुढीगंगा गाउँपालिका स्थित टंकिसिनवारीमा एकदिवसीय योग, ध्यान, साधना तथा हिप्नोसिस कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
टंकीसिनवारी जेसिस सभाहलमा भएको कार्यक्रममा डा.योगी विकाशानन्दले ध्यान, ज्ञान र साधनाका विषयमा जानकारी गराएका थिए । मोरङ पब्लिक स्कुल र बिकाशानन्द फाउण्डेसनको सम्युक्त आयोजनामा भएको कार्यक्रममा २ सय भन्दा बढी मानिसहरुले योग ध्यान र साधना गरेका थिए ।
नेपाल मनोक्रान्तीका योगद्रष्टा डा.विकाशानन्दको योग ,ध्यान र साधना लिन मानिसहरुमा उत्सुकता देखिएको कार्यक्रममा विशिष्ठ अतिथिकारुपमा पुगेका बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितकुमार थापामगरले बताउनुभयो ।
बिकाशानन्द फाउण्डेसन विश्व परिवार विराटनगरकी अध्यक्ष गीता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल कंकालीनी माइ गणका प्रमुख सशस्त्र प्रहरी निरिक्षक ज्ञानबहादुर श्रेष्ठ, बुढीगंगा गाउँपालिका वडा नं १ का वडाध्यक्ष सोमराज काफ्ले , मोरङ पब्लिक स्कुलका प्रधानाध्यापक नगेन्द्रप्रसाद ढकाल, राजधानी युवा क्लवका अध्यक्ष राजु ढकाल, जीवन विज्ञान विराटनगर शाखा प्रमुख ध्रुव कार्की, घनश्याम चन्द्रकला स्मृति प्रतिष्ठानका दामोदर प्रसाद पोखरेल, विकाशानन्द विश्व परिवारका कोशी प्रदेश सचिव मणि रिजाल , टंकीसिनवारी जेसीजका अध्यक्ष अनिष भट्टराई लगायतको सहभागिता रहेको कार्यक्रमका एक सदस्य जीवन निरौलाले जानकारी दिनुभयो । योग, ध्यान शिविरमा सहभागीहरुले बेलाबेलामा हुने यस्ता कार्यक्रम जीवन उपयोगी रहने भन्दै खुसी व्यक्त गरेका छन् ।
