विराटनगर २९ कात्तिक । नेकपा एमालेले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै देशभर आज प्रदर्शन गरेको छ । एमाले मोरङले प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै मोटरसाईकल र्यालीको आयोजना गरेको छ ।
१७ वटै स्थानीय तहहरुबाट विहान बृहत मोटरसाईकल र्याली निकाल्दै विराटनगर बजारको परिक्रमा गरि महेन्द्र चोकमा कोणसभा कार्यक्रम गरिएको थियो ।
कोणसभा कार्यक्रममा एमाले उपाध्यक्ष गुरु वरालले संसद पुर्नस्थापना गरि जेनजीको माग संवोधन गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेससँग सहमतिमा कायम गरि दुवै दलले संसद पुर्नस्थापनाको माग गर्दै निरन्तर दवावमुलक कार्यक्रम गरिने बताउनुभयो । उहाँले जेन्जी आन्दोलनको क्रममा भएको तोडफोड एवं आगजनी गर्नेलाई कारवाहीको माग गर्नुभयो ।
कोणसभा कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, मोरङ अध्यक्ष अजम्वर राई लगायत नेताहरुले जेनजी आन्दोलनको क्रममा भएका तोडफोड, लुटपाट एवं आगजनी गर्नेलाई कानुनी कारवाही, लुटिएका प्रहरीका हातहतियार, गोली, एवं कैदी पक्राउ नगरि भयरहित निर्वाचन हुन नसक्ने बताउनुभयो ।

