डा. संगीता मिश्राले दिइन् राजीनामा, मन्त्री बन्ने सम्भावना

विराटनगर ५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिनुभएको छ ।

डा. मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको स्रोतले जानकारी दिएको छ ।

सचिव बढुवाका विषयमा असन्तुष्ट जनाउँदै ६ महिनादेखि बिदामा रहनु भएको उहाँ जेनजी आन्दोलनपछि उत्पन्न भएको अवस्थापछि मन्त्रालयमा हाजिर हुनु भएको थियो ।

तर प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बन्ने सम्भावना बढेपछि उहाँले सरकारी सेवाबाट राजीनामा दिनु भएको थियो ।

स्रोतका अनुसार डा. मिश्रालाई मन्त्री बनाउने विषयमा प्रधानमन्त्री कार्की टिममा छलफलमा रहनु भएको छ ।