
विराटनगर २ असोज । कोशी प्रदेश सरकारले पाँच लाख रुपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।
जेनजी आन्दोलन पछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई एक लाख रुपैयाँ काजक्रिया खर्च उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले बताउनु भयो ।
आन्दोलनका कारण भएको भौतिक पूर्वाधार क्षतिको विस्तृत अध्ययन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । यसको प्रतिवेदन कार्तिक नौ गतेभित्र बुझाउन निर्देशन दिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिलेको मुख्य एजेन्डा राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकता भएको बताउनुभयो ।