
उर्लाबारी १२ भदाै । उर्लाबारी बहुमुखी क्याम्पसको २४औँ क्याम्पस सभामार्फत क्याम्पस सञ्चालक समितिको निर्वाचनबाट अध्यक्षमा बिष्णु गुरागाईं र उपाध्यक्षमा मिलन दाहाल निर्वाचित भएका छन् ।
विधान अनुसार सम्पन्न निर्वाचनबाट अध्यक्षमा गुरागाई, उपाध्यक्षमा मिनप्रसाद दाहाल (मिलन) चयन भएका हुन् ।
त्यस्तै सदस्यमा डा. हरिबाबु दाहाल, दिलकुमारी बस्नेत, महेन्द्र काकी (ख), टिका प्रसाद अधिकारी, प्रेम डाँगी, योगेन्द्र कटुवाल (गोपाल), केशरबहादुर चौहान (केदार), जीवनकुमार घिमिरे, नगेन्द्र बहादुर घिमिरे, रेवत सुबेदी, मुक्तिप्रकाश न्यौपाने, तारा श्रेष्ठ र दीपक भट्टराई निर्वाचित भएका छन् ।
निर्वाचन संयोजक हस्तबहादुर भट्टराईका अनुसार निर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्दै प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।