
शिक्षादीप कलेजको १८ औं व्याच अन्र्तगत विज्ञान संकायका १ हजार ५३ विद्यार्थीलाई शुक्रबार कलेजले स्वागत गर्यो । शिक्षादीप कलेजको इतिहासमा विज्ञान संकायमा यतिधेरै विद्यार्थी भर्ना भएको पहिलो पटक हो । विद्यार्थीको चाहना शिक्षादीप नै भएपछि सञ्चालनमा रहेका भन्दा २ कक्षा बढाएर भर्ना लिइएको छ । काठमाण्डौं बाहिर शिक्षादीप निरन्तर उत्कृष्ट हुदै आएको छ । आगामी दुई वर्ष भित्रमा शिक्षादीपलाई नेपालकै टप कलेज बनाउने लक्ष्य लिईएको छ । यसै सन्दर्भमा अरुण खवरले प्राचार्य ज्ञानबहादुर खड्कासँग गरेको कुराकानीको सार :
कक्षा ११ को विज्ञान संकायमा कति विद्यार्थी भर्ना लिनुभयो ?
यसवर्ष विज्ञान संकायमा १ हजार ५३ विद्यार्थीलाई भर्ना लिएका छौं । २ हजार ३५० विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएका थिए । कलेजमा यसवर्ष विज्ञान संकायमा धेरै विद्यार्थी भर्ना लिएका छौं । विद्यार्थीको चाहना शिक्षादीप बाहेक अन्य नभएपछि नियमित सञ्चालित कक्षा भन्दा विहानी शत्रमा २ वटा कक्षा थपेर भर्ना लिएका छौं । विद्यार्थीको चाहना र अभिभावकको आशा शिक्षादीपप्रति अधिक रहेको हामीले पायौं । शिक्षादीपको कोटा निश्चित छ । गुणस्तरमा हामी प्रतिबद्ध छौं । विद्यर्थीले शिक्षादीप बाहेक नपढ्ने भनेपछि विद्यार्थी संख्या बढायौं । यस वर्षको विद्यार्थी संख्या शिक्षादीपको इतिहासमा पहिलो पटक हो ।
धेरै विद्यार्थी राखेर पठाउँदा गुणस्तर खस्कने त हैन ?
धेरै विद्यार्थी भएको शिक्षण संस्था नै राम्रो हो । राम्रो भएकै कारण आकर्षण बढ्ने गर्दछ । कम विद्यार्थी हुनु भनेको गुणस्तर कम भएका कारणले हो । २३ वर्षअघि २८ शिक्षकले मिलेर सञ्चालनमा ल्याईएको शिक्षादीपले हरेक वर्ष उत्कृष्ट नतिजा दिदै आएको छ । विज्ञान संकायमा विद्यार्थीको रुची अघिक छ । विज्ञान संकाय लिएर पढ्ने विद्यार्थी अघि बढी प्रतिष्पर्धी हुने गर्दछ । विद्यार्थीको चाहना अनुशारनै शिक्षादीपले पठन पाठन शुरु गरेको थियो । अहिले काठमाण्डौं बाहिर निरन्तर उत्कृष्ट नतिजा दिन सफल भएको छ ।
काठमाण्डौं बाहिर निरन्तर उत्कृष्ट नतिजा दिन सफल भएका छौं
शिक्षादीपको नतिजा कस्तो छ ?
नतिजा राम्रो छ । अहिले बोर्ड फस्ट आउँदैन । अहिले त्यो चलन छैन । बोर्ड फस्ट हटाईएको १३ वर्ष भईसक्यो । तर हाम्रा विद्यार्थीले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याईरहेका छन् । शिक्षादीपले उत्पादन गरेका विद्यार्थी कहाँ छन् त्यही नै हाम्रो नतिजा हो । हरेक परीक्षामा शिक्षादीपका विद्यार्थी उत्कृष्ट हुँदै आएका छन् । पुल्चोकमा हाम्रा विद्यार्थी टप १०० मा ४ जना पर्न सफल भएका छन् । बीएस्सी नर्सीङमा टप २०० मा ५ जना पर्न सफल भएका छन् । यो पनि मेरिटको सूचीको मात्रै मैले कुरा गरिरहेको छु । मेडिकलमा इन्ट्रान्स टपर हुन सफल भएका छन् । त्यसैले हाम्रो नतिजा हरेक वर्ष उत्कृष्ट छ ।
निरन्तर उत्कृष्ट हुँदै आउनु भएको छ । अबको लक्ष्य के छ ?
हाम्रो लक्ष्य नेपालको टप कलेज बनाउने छ । नेपालको टप भनेको मेडिकल, इन्जिनियरिङ र वीएस्सी नर्सिङमा सवैभन्दा बढी शिक्षादीपका विद्यार्थीको नाम निकाल्ने लक्ष्य लिएर अघि बढेका छौं । कमजोर विद्यार्थीलाई पनि नाम निकाल्न सक्ने बनाउने लक्ष्य लिएका छौं । आगामी २ वर्ष भित्रमा हामी लक्ष्यमा पुग्ने छौं ।
प्लस टु मा राम्रो नतिजा दिईरहनु भएको छ । स्नातक तहको पठन पाठन सञ्चालनको तयारी केछ ?
स्नातक तहको कार्यक्रम हामीले हिमालय दर्शन कलेजबाट दिईरहेका छौं । हाम्रो टियु कलेज हिमालय दर्शन हो । हिमालय दर्शन भनेको शिक्षादीप पनि हो । स्नातक तहका कार्यक्रमहरु त्यहाँबाट सञ्चालित छन् । वीवीएस, वीसीए, वीआईएम, विएस्सी सीएसआईटीको अध्यापन हामीले गरिरहेका छौं । हिमालय दर्शनबाट पनि उत्कृष्ट रिजल्ट दिएका छौं ।