पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवा सुविधा फिर्ता

विराटनगर १८ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी सेवासुविधा फिर्ताको निवेदन दिनु भएको छ । उहाँले आजकै मितिबाट लागू हुनेगरी सेवासुविधा फिर्ता गर्नुभएको हो ।

‘पूर्वराष्ट्रपतिले पाउने सबै सेवा सुविधा फिर्ताको निवेदन गृह मन्त्रालयलाई पठाइएको छ, आजकै मितिबाट सेवा सुविधा पनि फिर्ता गर्दैछौं, उहाँ निकट स्रोतले भन्यो ।

भण्डारीले गत १४ असारमा औपचारिक रुपमा नेकपा एमालेको राजनीतिमा पुनः सक्रिय हुने घोषणा गर्नु भएको थियो ।

उहाँले आफ्नो पार्टी सदस्यता नवीकरण पनि भएको जानकारी गराउनु भएको छ । भण्डारीले राजनीतिमा सक्रिय हुने घोषणा गरेसँगै नेकपा एमालेमा नयाँ नेतृत्वको बहस पनि सुरु भएको छ ।