
विराटनगर ७ असार । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले घरेलु श्रमिकको सम्मान आवस्यक भएको बताउनु भएको छ । उहाँले घरेलु श्रमिकको सम्मान, मर्यादित र भविश्य सुनिश्चित नहुँदासम्म समाजवादको गन्तव्यमा पुग्न नसकिने बताउनुभयो ।
ओरेक विराटनगरको आयोजनामा नेपालमा घरेलु श्रमिकको अवस्था र श्रम अधिकारको सुनिश्चितता विषयक कोशी प्रदेशस्तरीय कार्यशालामा मन्त्री भण्डारीले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा ओरेक नेपाल संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले घरभित्रको श्रमको मुल्यांकन भएमात्र घरबाहिर पनि महिलाले गरेको कामको मुल्यांकन हुन सुरु हुने बताउनुभयो । उहाँले घरेलु श्रमिकको सवाल सम्वोधनको लागि सबैभन्दा पहिले स्थानीय तहले श्रमिक डेस्क व्यवस्थापन गरि श्रमिकहरुलाइ पहिचान गर्ने, संगठित गर्ने र परिचय पत्र वितरण गरी न्युनतम ज्यालाको पहल गर्ने,सुरक्षा तथा हिंसामुक्त कार्य क्षेत्रको सुनिश्चितता र सशक्तिकरण कार्यक्रम संचालन गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा घरेलु श्रमिकको रुपमा कार्यरत सहभागीहरुले घरेलु श्रमिकको रुपमा काम गर्नु जोखीमपुर्ण रहेको र न्युन ज्यालामा काम गरिरहनु बाध्य भएकाले आफ्नो दैनिक गुजारा चलाउन समेत गाह्रो भइरहेको बताएका छन् । उनीहरुले विभिन्न खाले हिंसा र विभेदहरुपनि झेल्नु परिरहेको बताएका छन् ।
घरेलु श्रमिकको माग बढ्दै गइरहेकोले यससंग सम्बन्धित जटिलताहरुपनि बढ्दै जाने भएकोले यसलाइ बेलैमा नीतिगत सम्वोधन गर्न ढिला गर्न नहुने सहभागीहरुले जोड दिएका छन् ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्यज्य गीता रेग्मी, शोभा चेम्जोङ, सपना परियार, कमला दर्नाल, गीता तिम्सिनाले प्रदेश सभामा यस्ता विषय ओझेलमा परिरहेको बताउदै यसको नीतिगत सम्बोधनको लागि प्रदेश सरकारसंग पहलगर्ने बताउनु भयो ।
नेपालमा १५ लाख भन्दा बढी घर आधारित श्रमीकहरु छन् जुन कुल रोजगारको १५ प्रतिशत छ । घरेलु श्रम ऐन २०७४ ले कुनै पनि काम अनौपचारीक हुदैन भनेर भनेको भए पनि घरेलु श्रमिकको न्युनतम ज्याला भने तोकेको छैन योे आपसी समझदारीमा गर्न सकिने उल्लेख छ ।