कोशी प्रदेश सरकारमा अहिले सहभागी दलले निरन्तरता पाउने : नेता डा कोइराला

विराटनगर ४ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार काकीको नाम पार्टीका केन्द्रीय सभापतिसँग पटक पटक छलफलका आधारमा निर्णय भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोशी प्रदेशको परिस्थित भिन्न रहेको एवं जनतामा रहेको दुविधा अन्त्य गर्नु पर्ने आवश्यक्त्ताले कार्कीको नेतृत्वमा प्रदेश सरकार […]

प्रदेश प्रमुख खापुङ्ग समक्ष आदिवासी जनजाति र थारु आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण

विराटनगर ४ कात्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई आदिवासी जनजाति आयोगको चौथो बार्षिक प्रतिवेदन वुझाइएको छ । प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक बर्ष २०७९/८० को बार्षिक प्रतिवेदन वुझाउनु भएको हो । प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन बुझ्दै सङ्घीयतालाई बलियो आयोगको ठूलो […]

एमालेले मोरङले संमृद्धिको कार्ययोजना निर्माण गर्ने

विराटनगर, २ कात्तिक । नेकपा एमाले मोरङले जनताको बहुदलीय जनबादको मार्गदर्शनका आधारमा मोरङ जिल्लाको समृद्धिको कार्ययोजना निर्माण गर्ने भएको छ । मङ्गलबार सम्पन्न एमाले मोरङको नवौ जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको हो । कार्य योजनाको प्रारम्भिक प्रस्ताव निर्माण गर्न बैठकले बेलबारी नगरपालिकाका प्रमुख डिपी राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल निर्माण गरेको छ । कार्यदलका […]

गठबन्धनले अमुक व्यक्तिलाई मुख्यमन्त्री तोकेपछि हामी विक्षिप्त भयौं : एमाले नेता कार्की

विराटनगर १ कात्तिक । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नेपाली कांग्रेस र माओवादी केन्द्रले सहकार्य गर्न नमानेपछि मुख्यमन्त्री बनाउन नेपाली कांग्रेसका ‘विद्रोही’ सांसदहरूलाई साथ दिइएको बताउनु भएको छ । प्रदेश सभामा बोल्दै एमाले संसदीय दल नेता कार्कीले नयाँ निकास निकाल्ने क्रममाः कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताउनु भएको छ । ‘कांग्रेस […]

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

विराटनगर १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउनुभएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले निर्वाचन प्रक्रियामार्फत एमालेसहित गठबन्धनका चारै दलको जम्मा ८६ मत पाउनु भएको हो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले प्रदेश सभाको ९३ मध्ये ८६ मत प्राप्त गरेका छन्। उपसभामुख सिर्जना दनुवारले मुख्यमन्त्री […]