विराटनगरमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शुरु

विराटनगर ५ फागुन । मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा अन्तर–स्कुल क्रिकेट प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । उद्घाटन खेलमा आर्दश स्कुल र न्यू मून स्कुल विजयी भएको छ । पहिलो खेलमा आर्दश स्कुलले गोग्राहा स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको गोग्राहाले निर्धारित २० ओभरको खेलमा १२ […]

विराटनगरमा वडास्तरिय कबड्डी प्रतियोगिता सुरु, वडा नंं ११, १४ र १७ सेमीफाईनलमा प्रवेश

विराटनगर ५ फागुन । विराटनगरमा आजदेखि मदन स्मृति अन्तर वडा खुला कबड्डी प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी विराटनगर कमिटीको आयोजनामा सुरु भएको प्रतियोगिताको नेकपा एमाले पूर्व केन्द्रीय सदस्य विनोद ढकालले उद्घाटन गर्नुभयो । प्रतियोगितामा विराटनगरका विभिन्न १४ वटा वडाको सहभागिता रहेको छ । तीनदिने प्रतियोगिताको पहिलो दिन आज वडा नम्बर १४, […]

पूवि खेलकुद सप्ताहका विजयी विद्यार्थीलाई मेडल वितरण

विराटनगर ३ फागुन । विश्वविद्यालयको वार्षिकोत्सवका अवसरमा आयोजित खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई बुधवार मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको छ । विजयी विद्यार्थीहरूलाई कला, शिक्षा तथा कानुन शंकायका डीन प्रा. डा. अनिल कुमार पोखरेल, क्याम्पस प्रमुख महेश प्रसाद निरौला लगायतले एक कार्यक्रमकाबीच मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभएको हो । एक सय मिटर महिला […]

मोरङ प्याब्सनले त्रुटी सच्याउँदै भन्यो– ‘स्पोट्स मिटमा एभरेष्ट सेकेन्डरी स्कुल तेश्रो भएको हो ’

विराटनगर ३ फागुन । प्याब्सन स्पोट्र्स मिट २०८० को नतिजा सार्वजनिक गर्दा त्रुटि भएको भन्दै नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङले विज्ञप्ति निकाल्दै सच्याएको छ । माघ २९ गते सम्पन्न स्पोट्र्स मिटको पुरस्कार वितरणका क्रममा मानव संसाधन समितिले त्रुटि भएको पत्र पठाएकाले त्यसलाई सच्याउँदै स्पोट्र्स मिटमा विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुल तृतिय भएको उल्लेख गरिएको […]

प्याब्सन स्पोट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथालाई

विराटनगर २९ माघ । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विजेता पूर्वाञ्चलले १० स्वर्ण, ५ रजतसहित ६५ अंक ल्याएर प्याब्सन स्पोर्ट्स […]