विराटनगर २६ फागुन । हिसान कोशीको आयोजना तथा हिसान मोरङको संयोजनमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर कलेज क्रिकेट प्रतियोगिता आजदेखि शुरु भएको छ । विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा अरनिको कलेजले इनरुवाको स्मल हेभेन एकाडेमीलाई ८३ रनको […]
विराटनगर २२ फागुन । प्रधानमन्त्री कप क्रिकेट–२०८१ को छनोट प्रतियोगिताको सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ । कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा समेत जीत निकाल्दै ८ अंकका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो । वैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई ५ विकेटले पराजित गरेको छ । […]
विराटनगर २२ फागुन । विराटनगरमा जारी ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिता अन्तर्गतका बुधबारराती सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव विजयी भएको छ । विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालिन उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले रिजालको मोरङ एफ सि लाई १–० गोलले पराजित गरेको छ । प्रतियोगिताको मध्यान्तर अगाडि ३७ मिनेटमा त्रिभुवन […]
विराटनगर २१ फागुन । विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफ विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा मंगलबार राति सम्पन्न खेलमा पाहुना टोली भारतको शुभेदा दिल्ली फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले निराश बनाउँदै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो । रोमाञ्चक एवं प्रतिस्पर्धात्मक खेलको निर्धारित समय […]
विराटनगर १९ फागुन । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव २०८१ अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापा जिल्ला टोलीले जितेको छ। आइतबार विराटनगर स्थित शहिद रंगशालाको मैदानमा सम्पन्न प्रतियोगिताको सन्ध्याकालीन फाईनल खेलमा पाँचथर जिल्ला टोलीलाई ३ – ० को अन्तरले पराजित गर्दै झापाले प्रतियोगिताको उपाधि उचाल्न सफल भएको हो। खेलको सुरुवात देखिनै पाँचथरमाथि हाबी […]