सात दिन भित्र हुलाकी राजमार्ग क्षेत्रको काम शुरु गर्न मोरङका १४ जनप्रतिनिधिको अल्टिमेटम

विराटनगर २१ वैशाख । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्वपश्चिम हुलाकी सडकखण्ड अन्र्तगत मोरङ क्षेत्रको सडक निर्माणमा भएको ढिलासुस्ती विरुद्ध तीनवटै तहका १४ जना जनप्रतिनिधिहरु निर्माण कम्पनीलाई सात दिनको अल्टिमेटम दिएका छन् । मोरङको कटहरी देखि रतुवामाई सम्मको क्षेत्रमा रोकिएको निर्माण कार्य तत्काल शुरु नगरे हुलाकी सडक क्षेत्रमा दबाब मुलक कार्यक्रम गर्ने उनीहरुको चेतावनी छ […]

राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई दाहालको  चेतावनी

विराटनगर ,२० बैशाख । नेपाल विद्वत परिषदका पूर्वाञ्चल संयोजक वल्लभ प्रसाद दाहालले राजाको वारेमा जथाभावी नवोल्न ओली,प्रचण्डलाई  चेतावनी दिएका छन् । विराटनगरमा भएको एक कार्यक्रममा बोल्दै दाहालले राजाको पक्षमा लागेका नेपाली जनता र युवा पुस्ताको आकषर्ण देखेर ओली,प्रचण्डलाई औडाहा भएको आरोप लगाए।  राजाप्रति आकर्षण बढेको जगजायरै छ ,यसमा केही नेताहरुलाई पिडा हुनु स्वभाविकै हो दाहालको […]

मुख्यमन्त्री कार्कीले भने,‘ पहिचानवादी साथीहरु आन्दोलन रोक्नुहोस, अर्को निर्वाचनबाट दुई तिहाई पुर्याएर नाम परिवर्तन गर्नुहोस्’

विराटनगर २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत पहिचानवादीहरुलाई आन्दोलन छाड्नका लागि आग्रह गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन छाडेर आगामी निर्वाचनमा दुई तिहाई पुर्याएर नाम परिवर्तन गर्न सुझाव दिनु भएको छ । नेपाल पत्रकार महासंघ मोरङले आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको अग्रज […]

अनुसन्धान र अभियोजनलाई सुधार गर्न आवश्यक : महान्यायाधिवक्ता पोखरेल

विराटनगर २० वैशाख । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले अनुसन्धान र अभियोजनलाई सुधार गर्न आवश्यक देखिएको बताउनु भएको छ । पोखरेलले अनुसन्धान र अभियोजन बलियो भएन भने मुद्दामा सवाल जवाफले मात्रै परिणाम नदिने एवं ठोस उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्नुभयो । लैंगिक न्यायको सन्दर्भमा अनुसन्धान र अभियोजनमा अनुसन्धानकर्ता (प्रहरी), अभियोजनकर्ता (सरकारी वकिल) तथा न्याय सम्पादनमा […]

पहाडी क्षेत्रमा आकर्षक कृषि आयोजनाले वसाई सराई रोक्ने : मुख्यमन्त्री कार्की

विराटनगर १९ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी क्षेत्रमा आकर्षक कृषि परियोजनाले वसाईसराई रोक्ने बताउनु भएको छ । पहाडी क्षेत्र काष्ठफुल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाई काठमाडौद्वारा आज यहाँ आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उहाँले यस प्रकारको आयोजनाले कृषकको जीवनस्तर वृद्धि हुनुका […]