सप्तकोशी नदीमा पानीको बहाव बढ्यो

विराटनगर, १४ असार । सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ । बहाव बढेसँगै सुनसरी प्रशासनले नदीमा डुङ्गा चलाउन पूर्ण रुपमा रोक लगाएको छ भने सम्भावित जोखिमलाई मध्यनजर गर्दै माछा मार्ने तथा बाढीले बगाएर ल्याएका दाउरा नदीबाट झिक्नसमेत प्रशासनले प्रतिबन्ध लगाएकोे हो । नदीको जलस्तर बढ्दो क्रममा रहेसँगै प्रशासनले कोशीको बाँध […]

महानगरले बनायो विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम

विराटनगर, १४ असार । अविरल वर्षाका कारण उत्पन्न हुने बाढी र डुबानको जोखिम न्यूनीकरण, राहत र उद्धारका लागि विराटनगर महानगरपालिकाले विपद व्यवस्थापन (बाढी) रेस्पोन्स टिम बनाएको छ । महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतको उपस्थितिमा मंगलबार बसेको आकस्मिक बैठकले महानगरवासीको जिउधनको रक्षाका लागि रेस्पोन्स टिम बनाएको हो […]

नवजात शिशुको श्वासप्रश्वासमा सहयोग सम्वन्धि तालिम

विराटनगर, १४ असार । अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्र्तगत विराटनगरमा नवजात शिशुलाई श्वासप्रश्वासमा सहयोग सम्वन्धि तालिम मंगलबार सम्पन्न भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा करुणा फाउण्डेसनले असार १३ र १४ गते विराटनगरमा आयोजना गरेको तालिममा मोरङ र सुनसरीका १२ स्थानीय तहका २० जना नर्सीङ कर्मचारीहरुको सहभागिता रहेको थियो […]

मोरङका उद्योगीहरुद्धारा अर्थमन्त्रीको राजीनामा माग

विराटनगर, ९ असार । मोरङका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै आज सडक प्रदर्शन गरेका छन् । आर्थिक विधेयक २०७९-०८० ले उद्योगीलाई मर्कामा पारेको जनाउँदै उनीहरुले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डको गोकुवा चोकमा प्रदर्शन गरेका हुन् । उद्योगीहरुले अर्थमन्त्री जनार्दन शर्माको आलोचना गर्दै राजीनामा माग गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष […]

गाउँघरमा उत्पादित अन्न र फलफूल प्रयोग गरी कुपोषण हटाउनु पर्नेमा जोड

विराटनगर, ८ असार । मोरङको दक्षिण क्षेत्रमा मातृ तथा बाल बालिकामा देखिएको कुपोषण न्यूनिकरणमा पालिकाले विशेष बजेट छुट्याउनु पर्ने देखिएको छ । गरीवी, अशिक्षा चेतनाको कमिका कारण यस क्षेत्रमा गर्भवती महिलाको मृत्यु र बाल कुपोषण देखिएकोले स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने टड्कारो देखिएको सहभागीले सुझाव दिनु भएको छ । विश्व खाध्य कार्यक्रमको आर्थिक सहयोगमा […]