मोरङमा उम्मेदवार छनोट र सिफारिसमा जुट्यो एमाले

विराटनगर, १३ भदौ । आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) मोरङ उम्मेदवार छनोट र सिफारिसमा जुटेको छ । निर्वाचन क्षेत्र समन्वय कमिटीका संयोजकसहितको एमाले मोरङका पदाधिकारीको आज बसेको बैठकले निर्वाचनको आवश्यक तयारीका बारेमा पनि छलफल गरेको छ । साथै पार्टीका तर्फबाट विधिसम्वत रूपमा उम्मेदवार छनोट र सिफारिस […]

माओवादी प्रदेश १ को बैठक : सांसद भइसकेकालाई समानुपातिकमा सिफारिस नगर्न निर्देशन

विराटनगर, १३ भदौ । नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । ‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको […]

महानगरमा तीजका अवसरमा शुभकामना आदानप्रदान

विराटनगर, १३ भदौ । विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ । महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले शुभकामना व्यक्त गरे । मेयर कोइरालाले सामूहिक रुपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने बताए । उनले […]

पत्रकार महासंघ मोरङद्धारा दुई पत्रकार पुरस्कृत

विराटनगर, ११ भदौ । नेपालको पहिलो पत्रकारको रुपमा मानिएका मोतिराम भट्टको जन्मजयन्तीको उपलक्ष्यमा हिजो विराटनगरमा दुई पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । पीताम्वर –खिलेश्वरी स्मृति प्रतिष्ठान विराटनगर र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८ बाट नेपाल पत्रकार महासङ्घका पूर्व सभापति बिष्णु निष्ठुरीलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । यसैगरी खिलेश्वरी […]

सुनसरीको क्षेत्र नं. १ बाट मुख्यमन्त्री राईको नाम सिफारिस

विराटनगर, १२ भदौ । नेकपा एकीकृत समाजवादी सुनसरीले धरान निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीको आज बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट […]