कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा विष्ट नियुक्त

विराटनगर १ चैत । कोशी प्रदेशका मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा महेन्द्र विष्ट नियुक्त हुनु भएको छ । नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष समेत रहनु भएका विष्टलाई बुधबार मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा नियुक्त गर्नु भएको हो ।

पत्रकार विष्टले आमसञ्चार विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०५२ सालदेखि निरन्तर पत्रकारिता पेशामा रहनुभएका विष्ट हाल अरुण खवर अनलाईनको प्रधानसम्पादक हुनुहुन्छ । यसअघि उहाँ प्रादेशिक सञ्चार प्रतिष्ठानको बोर्ड सदस्य, गोरखापत्र दैनिकको तत्कालिन प्रदेश १ संयोजक, प्रेस चौतारी नेपालको पूर्व केन्द्रीय सदस्य भईसक्नुभएको छ । पत्रकार विष्ट महेन्द्र मोरङ क्याम्पस विराटनगरमा आंशिक रुपमा आमसञ्चार विषयमा प्राध्यापनरत रहनु भएको छ ।

पत्रकार विष्टलाई मुख्यमन्त्री कार्कीले नेपाल सरकारको उपसचिव सो सरह सुविधा पाउनेगरि सल्लाहकारमा नियुक्त गर्नुभएको हो ।