मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ : कोइराला

विराटनगर १३ वैशाख । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सांसद डा. शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनैतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भएको छ । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको बताउनुभयो । “यी सबै अराजकताबाट बाहिर […]

एवीसी नेपाल प्रतिवेदन : महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित

विराटनगर ११ वैशाख । कोशी प्रदेशका तीन जिल्लामा भएका महिला तथा बालिका हिंसाका घटनामा २९५ जना पीडित भएका छन् । एवीसी नेपालले स्वीस सरकार र नर्वेजियन राजदुतावास तथा संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोगमा मोरङ, उदयपुर र ओखलढुङ्गामा सञ्चालित लैगिंक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तगत जुलाइ २०२१ देखी डिसेम्वर […]

एवीसी नेपालद्धारा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्यबारे अन्तरक्रिया

विराटनगर १२ वैशाख । एवीसी नेपाल विराटनगरले लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत आज सरोकारवालासित छलफल कार्यक्रम गरेको छ । विराटनगर महानगरपालिकामा भएको छलफल कार्यक्रममा एवीसी नेपाल कोशी प्रदेश अध्यक्ष विष्णु शर्मा पन्तले लैंगिक मैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो २०४३ सालमा स्थापित एवीसी नेपालले हाल १५ जना हिंसापीडितलाई संरक्षण दिएर राखेको उहाँको […]

कृषि विकास बैंकद्वारा महानगर र हाम्रो समाजलाई डस्विन प्रदान

विराटनगर १२ वैशाख । कृषि विकास विराटनगर शाखाले विराटनगर महानगरपालिका र हाम्रो समाजलाई डस्विन प्रदान गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरलाई केही मात्रामा भए पनि सहयोग पुगोस् भनेर डस्विन प्रदान गरिएको कृषि विकास बैंकले जनाएको छ । मंगलबार महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला […]

सशस्त्र प्रहरी बल सुनसरीद्धारा श्रोत नखुलेका नेपाली र भारतीय रुपैयाँ सहित २ जना पक्राउ

विराटनगर १२ वैशाख । सशस्त्र प्रहरी बल सुनसरीले श्रोत नखुलेको भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको नेपाली रुपैया र भारतीय रुपैयाँ बरामत गरेको छ । सुनसरीको कोशी गाउँपालिका ८ स्थित नेपाल–भारत चारकुने नाकामा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरबाट खटिएको टोलिले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको सुनसरी इटहरी १२ बस्ने १८ बर्षीय […]