
विराटनगर ३ चैत । काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनी मन्त्री रेवतीरमण भण्डारीले नेपाली मिडिया कमजाेर भए लाेकतन्त्र कमजाेर हुने बताउनु भएकाे छ ।
विराटनगरमा आज नेपाल पत्रकार महासंघ काेशी प्रदेशले आयोजना गरेकाे सञ्चार माध्यमकाे सवलीकरणमा स्थानीय सरकारकाे भूमिका विषयक कार्यक्रममा मन्त्री भण्डारीले साे कुरा बताउनु भएकाे हाे । उहाँले मिडिया कमजाेर भए सुशासन पनि कमजाेर हुने बताउनुभयाे ।
लाेकतन्त्र कमजाेर हुँदा गणतन्त्र विराेधिहरू सलवलनाउने मन्त्री भण्डारीकाे भनाई छ । सुशासनकाे महत्त्वपूर्ण आधार मिडिया नै हुने उहाँको भनाई छ ।
मन्त्री भण्डारीले काेशी प्रदेश सभामा पेश भएकाे संचार विधेयक चालू आर्थिक बर्षभित्रमा सर्वसम्मत रूपमा पारित गरिने बताउनुभयाे ।
कार्यक्रममा माेरङका स्थानीय तहका प्रमुख, उपप्रमुख , प्रमुख प्रशासकीय अधिकृतहरूकाे सहभागिता रहेकाे छ ।
नेपाल पत्रकार महासंघ काेशी प्रदेशले सञ्चार माध्यमकाे सवलीकरणमा स्थानीय सरकारका भूमिकाका विषयमा १४ वटै जिल्लामा कार्यक्रमकाे शुरूवात माेरङबाट गरेकाे छ ।