विराट मेडिकलमा हजार नर्स भर्ना गर्दा १० जनाले मात्र सम्झौता गरे, पुराना नर्सहरू भने सन्तुष्ट

विराटनगर २० कात्तिक ।  मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ । हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको […]

नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्दै

विराटनगर २० कात्तिक । नेकपा एमाले क्षेत्रीय समन्वय कमिटीहरु सक्रिय बन्न थालेका छन् । पछिल्लो समयमा एमालेका पार्टी गतिविधिले तिव्रता पाईरहेको अवस्थामा क्षेत्रीय कमिटीहरु पनि सक्रिय बन्न थालेका हन् । समन्वय कमिटीहरुले विभिन्न पार्टी गतिविधिलाई अगाडि बढाउन थालेको प्रदेश सभा क्षेत्र समन्वय कमिटी मोरङ ४ (ख) का संयोजक मुकेश बुढाथोकीले जानकारी दिनुभयो । एमाले प्रदेश […]

उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता बढाउन वित्तीय श्रोत व्यवस्थापनबारे छलफल

विराटनगर २० कात्तिक । उद्योग प्रतिष्ठानहरुमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय श्रोतको ब्यवस्थापनका सम्वन्धमा उद्योग संगठन मोरङको समन्वय, नेपाल बैकंर्स एशोसिएशन तथा जिआईजेट नेपालको आयोजनामा छलफल कार्यक्रम भएको छ । कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रले उर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा वैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोग र त्यसका […]

एमाले चौतर्फी घेराबन्दीमा छ, सवै एकजुट होऔं : कार्की

विराटनगर १९ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिले एमालेलाई चौतर्फी रुपमा घेराबन्दी गरिएको बताउनुभएको छ । उहाँले एमालेको शक्ति देखेर घेराबन्दी गरेको बताउँदै घेराबन्दीबाट माथि उठेर अघि बढ्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । नेकपा एमाले महानगर कमिटी विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै […]

नोबेल अस्पताल विराटनगरका नर्सहरू आन्दोलित

विराटनगर १९ कात्तिक । विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन् । आज (बुधबार) बिहान १० बजेदेखि अस्पतालको क्यान्टिन अगाडिको प्राङ्गणमा करिब ५५ जना नर्सहरू भेला भएका थिए । यमुना दाहाल, सृष्टि सरदार, सुप्रभा ढकाल, सन्तोष मन्डल र रुपा नेपाली […]