विराटनगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको सपथग्रहण

विराटगगर २२ असोज । विराटनगर महानगरपालिकाले गठन गरेको ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’का पदाधिकारी र सदस्यहरूको सपथग्रहण सम्पन्न भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास र सम्वद्र्धन गर्ने उद्देश्यले गत साउन ३१ गतेको कार्यपालिका बैठकले प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो । महानगरले अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको थियो । मंगलबार […]

१६ वर्षमुनिका बालबालिकाको रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क परीक्षण

विराटनगर २२ असोज । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले तीन दिने निःशुल्क आँखा शिविर शुरु गरेको छ । प्रत्येक वर्ष अक्टोबर महिनाको दोश्रो विहीबार विश्वभर मनाईने विश्व दृष्टि दिवसको अवसरमा असोज २१ देखि २३ गते सम्म अस्पतालमा १६ वर्षभन्दा मुनीका बालबालिकाका लागि निशुल्क आँखा शिविर सञ्चालन गरिरहेको आज अस्पतालले पत्रकार सम्मेलन गरि जानकारी दिएको […]

राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग

विराटनगर, २१ असोज । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलले बाढी पहिरोबाट पीडित भएकाहरुलाई दिने राहत तथा क्षतिग्रस्त संरचनाको पुनः निर्माणको काम गर्न ‘राहत एवम् पुनः निर्माण कोष’ निर्माण गर्न माग गरेको छ । माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो नेतृत्वको टोलीले प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् […]

पथरीशनिश्चरे नगरको बजार अनुगमन, म्याद नाघेका खाद्यान्न र खान अयोग्य माछाहरु डिस्पोज

पथरीशनिश्चरे, २१ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पथरीशनिश्चरे नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक देविमाया काफ्लेको संयोजकत्वमा पथरी बजारमा रहेका किराना पसल र माछा पसलहरूको अनुगमन गरिएको हो । आज नगरपालिकाको वडा नं. १ मा स्थापित किराना पसल, माछा पसल तथा होटलहरूको अनुगमन गरिएको हो । ३५ वटा किराना […]

विराटनगरबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

विराटनगर २१ असोज । विराटनगर महानगरपालिका–९ मेनरोडको एक घरमा बसेर परीक्षा लेख्दै गरेका ३ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्ने नक्कली परीक्षार्थीमा सप्तरी राजविराज–४ का २३ वर्षीय सन्तोष गुप्ता, सुनसरी बर्जु–५ चिमडीका २४ वर्षीय विक्लप चौधरी र रामगञ्ज–४ का देवकृष्ण साह रहेका छन् । पक्राउ परेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय […]