विराटनगरमा ट्राफिक लाइट सञ्चालन

विराटनगर २१ साउन । विराटनगरमा ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । एक महिनाअघि नै जडान गरिएको लाइटको सोमबार बिहान उद्घाटन गरिएको हो । विराटनगर महानगरपालिका–२, ३, ४ र ५ को संगमस्थल बरगाछी चोकमा जडान गरिएको लाइटको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सोमबार उद्घाटन गर्नुभयो । प्रदेश राजधानी विराटनगरस्थित बरगाछीको सडक सवारीसाधन अत्यधिक […]

भदौ २२ देखि विराटनगर विद्यालय नाटक महोत्सव

विराटनगर २० साउन । विराटनगर विद्यालय नाटक महोत्सवको चौथो संस्करण घोषणा भएको छ । आरोहण गुरुकुल विराटनगरले आगामी भदौ २२ गतेदेखि १० दिनसम्म महोत्सव गर्ने घोषणा गर्दै विद्यालयको सहभागिताका लागि आह्वान गरेको छ।विराटनगर र आसपासका विद्यालयले साउन ३२ गतेभित्रमा आवेदन दिन सक्नेछन । आवेदन दिनका लागि आयोजक गुरुकुलसँग सम्पर्क गर्न वा गुरुकुलको सामाजिक सञ्जालमा उपलब्ध […]

महिला जागृति बृद्धाआश्रमलाई लायन्स क्लबद्धारा भवन निर्माणका लागि दुई लाख हस्तान्तरण

विराटनगर १९ साउन । महिला जागृति तथा बृद्धाआश्रमलाई लायन्स क्लब अफ विराटनगर एक्टिभले भवन निर्माणका लागि दुई लाख १६ हजार रुपैयाँ हस्तान्तरण गरेको   छ । बुढीगंगा गाउँपालिका–१ पुष्पलाल चोक स्थित महिला जागृति तथा बृद्धाआश्रममा लायन्स क्लब अफ विराटनगर एक्टिभका अध्यक्ष शुभाषचन्द्र यादवको नेतृत्वमा गएको टोलीले रकम हस्तान्तरण गरेको हो । नेपालमा लायन्स क्लब स्थापना भएको […]

ग्रेडेड स्कुलमा विज्ञान प्रदर्शनी

विराटनगर १९ साउन । विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा प्रथम त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला , हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ । विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र ब्रिज , सूर्य र चन्द्र ग्रहण , स्मार्ट सिटी , सेक्युरिटी हाउस, म्याग्नेटिक इन्डक्सन, वाटर […]

कोबास कलेजले भन्यो– बैक, वित्तिय संस्थामा हाम्रा विद्यार्थी पुगेका छन्

विराटनगर १९ साउन । कोबास कलेज विराटनगरमा अध्ययन गरेका विद्यार्थी बैंक तथा वित्तिय संस्थाहरुमा पुगेको कलेजले जनाएको छ । नेपालका बैंक तथा वित्तिय संस्थाका साथै विदेशमा पनि व्यवस्थापनको क्षेत्रमा राम्रोसँग काम गरेर हाम्रा विद्यार्थी बसेको कलेजका प्रिन्सीपल सुनिल श्रेष्ठले जानकारी दिनुभयो । कलेजले आज विराटनगरमा आयोजना गरेको २९ औं ब्याचका ३५० नयाँ विद्यार्थीको स्वागत तथा […]