निर्वाचनको रकेट गन्तव्यमा पुर्याउनु छ : प्रमुख निर्वाचन आयुक्त थपलिया

विराटनगर, २९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको रकेट प्रक्षेपण भइसकेको भन्दै त्यसलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिनु भएको छ । निर्वाचनको रकेट प्रक्षेपण भइसकेकाले रोक्न वा त्यसको दिशा परिवर्तन गर्न नसकिने उहाँको भनाइ छ । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले विराटनगरमा आज आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रक्षेपण […]

विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भयो : पूर्वप्रधानमन्त्री खनाल

विराटनगर, २९ चैत । नेकपा एकीकृत (समाजवादी)का सम्मानित नेता एंव पुर्व प्रधानमन्त्री झलनाथ खनालले विगतको सरकारको कारण मुलुकमा केही आर्थिक समस्या उत्पन्न भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस अघि वनेको ४२ महिने सरकारका कारण मुलुकमा अहिलेको वेथिती सृजना भएको र आर्थिक सङ्कट आइनसकेको प्रष्टपार्नुभयो । पूर्वप्रधानमन्त्री खनालले स्थानीय […]

गभर्नर अधिकारीको निलम्वन कानुनअनुसार नै हो : अर्थमन्त्री शर्मा

काठमाण्डौ, २८ चैत । नेपाल राष्ट्र बैंकका गभर्नरलाई कानुनअनुसार नै छानबिनको दायरामा ल्याइएको अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ । सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएका मन्त्री शर्माले भर्नरमाथि राष्ट्र बैंकको ऐनअनुसार नै छानबिन गर्न लागिएको हो बताउनुभयो । गभर्नरमाथि छानबिन गर्न समिति गठन गरिएकाले त्यसको प्रतिवेदनले सबै प्रश्नको जवाफ दिने उहाँले बताउनुभयो ।राष्ट्र […]

मोरङमा मतदानस्थलको अनुगमन तीव्र

विराटनगर, २८ चैत । भारतसँग खुला सीमा जोडिएको मोरङमा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मतदानस्थलको अनुगमन र निरीक्षणलाई तीव्र पारिएको छ । जिल्ला सुरक्षा समिति मोरङले सिमावर्ती क्षेत्रका समेत गरेर हालसम्म ७५ वटा मतदानस्थलको अनुगमन गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा हिजो मात्रै ३६ वटाको अनुगमन भएको छ । जहदा र […]

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई

विराटनगर, २७ चैत । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नु पर्ने बताउनु भएको छ । मोरङ व्यापार सङ्घद्वारा यही चैत १८ गतेदेखि विराटनगरमा सञ्चालित ‘विराट ट्रेड एक्स्पो’को आज समापनका अवसरमा उहाँले उद्योग स्थापनाका लागि सहज ढङ्गले नीति नियम एवं कानून निर्माण गर्ने […]